ट्याक्टर पल्टिदा चालकको मृत्यु

झापा,१३पुष । ट्याक्टर पल्टिदा झापा गाउँपालिका वडा नं ३ मा आज दिउँसो एक जना चालकको घट्नास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका वडा ४ चर्तागाछी बस्ने ढेना हेमरमका कान्छा छोरा २५ वर्षिय सुनिल हेमरम रहेका छन् ।

बालुवा लिन विरिङ खोला जादै गर्दा रोहीमारीको मुखिया टोलमा टर्निङमा घुमाउने क्रममा दिउँसो ३ वजेतिर ट्याक्टर अनियन्त्रित भई पल्टिदा चालक हेमरमको घट्नास्थलमै मृत्यु हो । मृतक हेमरमका श्रीमती ,एक छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.