माङसेबुङ ,१२ पुस । लायन्स क्लब दमक युनाइटेडले माङसेबुङ ५ स्थित जयश्वरी आधारभुत विद्यालयका ४९ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार लायन्स क्लबका प्रतिनिधिहरु विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष गोपाल गजमेरले जानकारी दिए ।
माङसेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता सुसन राई, विद्यालयका प्रध्यानाध्यापक कर्ण राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मंगलसिंह राई लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन रिजन चियर पर्सन साजन श्रेष्ठ सञ्चालन गरेका थिए ।
अध्यक्ष गजमेरका अनुसार विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै ट्रयाकसुट सेट वितरण गरिएको हो। न्यानो कपडासँगै विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री समेत वितरण गरिएको थियो ।
लायन्स क्लबको तर्फबाट प्रोग्राम कोर्डीनेटर सन्दिप कालिकोटे, आइपिपि सन्दिप बस्नेत, प्रकाश गजमेर, विवेक श्रेष्ठ, कविध्वज राई लगायतको उपस्थिति रहेको थियो ।