बाल अधिकार र बालमैत्री समाज किन ?



बालबालिकाका अधिकार धेरै छन् । जस्तै, आमाबुबासँग बस्न पाउने अधिकार, कुनै पनि कार्यक्रममा भागलिने अधिकार, शिक्षा स्वास्थ्यमा अधिकार, बाल अधिकार सम्बन्धीका संघसस्था खोल्ने अधिकार, बाल क्लवमा सामेल भएर आप्mना गुनासा राख्ने अधिकार, पढने, लेख्न पाउने अधिकार, आप्mनो नाम आफै राख्न पाउने अधिकार, जातिय विभेदको विरोद गर्ने अधिकार, पिडा रहित र प्रविधिमैत्री शिक्षाको अधिकार, जन्मदर्ताको अधिकार, यौन हिंसा विरुद्ध बारेको अधिकार आदि । त्यसैले बालबालिकाको हित हुने शासन नै बालमैत्री शासन हो र यसको पूर्ण रुपमा पालना सबै पक्षबाट हुनु आजको आवश्यकता र संविधानत हो ।

सर्वप्रथम त बालबालिका को हुन् भन्ने कुरा जानौं । एउटा निर्दोष, अथाह सम्भावना बोकेका, प्रेम र संसार आफैमा लिएर जन्मिएका कलिला सन्तान नै बालबालिका हुन् । आजका कोपिला भोलिका सुन्दर र सुगन्धित फुल हुन बालबालिका । कसैको सपना अनि भविष्यका सहारा हुन् भने देशका कर्णधार पनि हुन् ।
बलबालिका आफैमा एउटा सुन्दर भविष्य बोकेर जन्मिएका हुन्छन् । उनीहरु कमजोर रुपमा यस धर्तिमा आउछन् । उनीहरुलाई हिँड्न, खेल्न, आफै खान अनि पढन सिक्न सक्ने बनाउने पहिलो काम आमा बाबु नभए आफन्तले गर्छन् । आमाबुबा या आफन्त नभए अनाथ आश्रममा उनीहरु हुर्किन्छन् । उनीहरुले आमाको पेटमा आएदेखिनै आफु स्वस्थ भएर जन्मिने हुर्किने, खेल्ने, सिक्ने, पढ्ने र समाजमा समान भएर रहन पाउँने अधिकार लिएर आएका हुन्छन् । यही उनीहरुको नैसर्गिक अधिकारको सुनिश्चितता प्रदान गर्नु र बालबालिकाले प्राप्त गर्नृ नै बाल अधिकार हो । उनीहरुले आमाको पेटमा हुँदै आमाको समय समयमा चित्सिकिय जाँच, आमाले लगाउनु पर्ने टिटानस लगायतका खोप, पोषण , आराम र मित्रवत व्यवहार पनि बाल अधिकारका प्रारम्भिक खुड्किला हुन् । जन्मपछि आमा बच्चा दुबैको स्वास्थ्य, पोषण, माया, शिक्षा अनि विस्तारै बालकको आधारभुत आवश्यकताको पूर्ति हुनु पर्छ । यसरी बाल अधिकारको प्रसङ्ग कोट्याउदा यसका मुख्य गरेर ४ आयाम हुन्छन् । १, बाल बचावट २, बाल विकास ३, बाल संरक्षण ४, बाल सहभागिता । यी चार आयामले नै बाल अधिकारको सुनिश्चितता, सभ्य समाज, उसको सुन्दर भविष्य अनि बालमैत्री समाजलाई डोर्याएको हुन्छ ।

१ बाल बचावट : सबै भन्दा महत्वपूर्ण र पहिलो कुरा भनेको आमाको पेटमा बच्चा आउन लाग्दा या आएपछि तुरुन्तै आमाबाबुले गर्भवती र गर्भमा भएको बच्चाको स्वास्थ्य बारे ध्यान दिने हो । जस्तै गर्भवती आमाको गर्भमा रहेको बच्चाको समग्र विकास गर्न कम्तिमा बच्चा जन्मनु अगाडि ४ पटक स्वास्थ जाँच गराउनु पर्छ । टिटानस लगायतका अन्य आवश्यक भए खोप लगाउनु पर्छ । स्वस्थ पोषण, परिवार र समाज अनि जागिरे भए अफिसमा सभ्य व्यवहार पहिलो आवश्यकता हो स्वस्थ बच्चा जन्माउन । यो सगै आराम, सकारात्मक सोच र त्यही अनुसारको श्रीमान लगायतका अन्य सदस्यको माया र व्यवहारको आवश्यकता पर्दछ । यी माथिका व्यवहार, पोषण र चिकित्सकिय जाँचबाट स्वस्थ बच्चा जन्मिन्छ । जब आमा स्वस्थ हुन्छिन् बच्चाले आमाको दुध प्रसस्त पिउन पाउँछ र उ स्वस्थ हुन्छ । जब बच्चाले आमाको दुध अघाउन्जेल पिउन पाउछ उसको मस्तिष्कको विकास पनि राम्रो हुन्छ । उ स्वस्थ रुपमा हुर्किन जान्छ । यो उसको पहिलो अधिकार हो । यो विषयसँग जोडिएका अन्य विषयहरुमा बच्चा जन्मिएपछि उसलाई लगाउनु पर्ने खोपको सुनिस्चतता । विभिन्न सङ्क्रामक रोगहरुबाट बचाउन बच्चालाई समय समयमा खोप लगाउने र स्वस्थ्य परिक्षण गराउनु पर्ने हुन्छ । उसको वजन, उसको मस्तिष्क विकासको रप्mतार, खेल्न, रमाउन, अनि निदाउन राम्रोसँग सक्छ कि सक्तैन । आमाको दुध समयमा खान पाउँछ कि पाउँदैन ? आमासँग बस्न पाएको छ कि छैन ? बच्चा जन्मिएपछि केहि आमाहरुको स्वास्थ्य बिग्रिन्छ । मानसिक समस्या पनि देखिन सक्छन् । या शारीरिक यातना पनि छोरी जन्माएका कारण दिइएको पाइन्छ । यस्तो भएमा अवश्य पनि बच्चाले यातना पाएको हुन सक्छ । यो बाल अधिकारको हनन् हो । समयसँगै उसले अन्य पौष्टिक आहार पाएको छ कि छैन ? स्वस्थ खान खान पाउँने, आमबाबुबुको काखमा खेल्न पाउने उसका अधिकार हुन् र यी कुराबाट उ कतै बन्चित त भएको छैन ? जब बाबालिका अकालमै मृत्य हुनबाट बच्छन या बचाइन्छ तब मात्र उसले यो संसारलाई बुझन सक्तछ । त्यसैले पनि बाल बचावट महत्वपूर्ण आयाम हो ।

२ बाल विकास : आमाको पेटमा आएपछि अथवा शुक्रकिट र अण्डको भेटपछि नयाँ जीवनको सुरुवात हुन्छ । हो, यही समयबाट उक्त भ्रुणले जीवनको यात्रा सुरु गर्छ । आमाको पेटमा रहुन्जेलमै शिशुको समग्र विकास हुन्छ । जस्तै मस्तिष्क, रक्तसञ्चार, पाचन तन्त्र, स्वासप्रश्वास, हातखुट्टा, प्रजनन प्रणली आदि आदि । उसले आमाको पेटबाट बाहिर आउँदै गर्दा असहज अवस्थाको सामना गर्न सुरु गरिसकेको हुन्छ । जब उसलाई पिडा हुन्छ ऊ संकेत स्वरुप रुन्छ । अथवा सहयोग मागिरहेको हुन्छ । बोलकिो विकास नभएकाले उ रुन्छ । हरेक रुवाईमा उसका आवश्यकता र पीडा लुकेका हुन्छन् । र शिशुको विकासको पहिलो खुड्किलो भनेको रुनु हो । उसले हरेक आवश्यकतालाई रोएर नै पुरा गर्छ । यसरी रुनु भनेको बच्चाले मस्तिष्क विकासको संकेत दिनु हो । हो, हाम्रो सन्तानले आवश्यक कुरा मागिरहेको छ र यो पुरा गर्नु आमाबुबा र आफन्तको आवश्यकता हो भनेर बुभ्mनु पर्दछ । यदि शिशु रोयो या यो रुन्चे भनेर बालमैत्री व्यवहार नगरेर उसलाई यातना दिइयो या यथेस्ट खान र कपडा नलगाउने, सरसफाई नगर्ने हो भने उसको मस्तिष्कको विकासमा अवरोध आउछ । जसका कारण उसले असामान्य लक्षणहरु पनि देखाउन सक्छ । यसरी नै उमेरसँगै शिशुको चन्चलपना, उसको सिक्ने प्रकृति अनि रुचि हरेकमा फरक फरक हुन्छ । यो कुरालाई हरेक आमाबुबाले मनन गरेर अर्को बच्चसँग तुलना गर्नु हुँदैन । उसको क्षमता, आकर्षण, शरीरिक र मानसिक तन्दुरुस्तीका आधारमा सिकाई र अन्य खेलमा समावेश गराउनु र हुन पाउनु उसको अधिकार हो । उमेरसँगै जब बच्चा ठूलो हुँदै जान्छ उसले आफुमा भएको क्षमता देखाउन थाल्छ । कोही पढनमा तेजिलो हुन्छन्, कोही नाच्नमा, कोही गाउनमा त कोही अन्य कुरामा । उनीहरुको क्षमता र रुचीलाई प्राथमिकतामा राखेर सामान्य सबै विषयको ज्ञान दिदै उसको रुचिलाई प्रोत्साहन गरिनु पर्दछ । उसको रुचि अनुसारको शिक्षा र अवसरले उसको भविश्य बन्दछ । यो पनि बाल अधिकारमा पर्दछ ।

३ बाल संरक्षण : जसरी कृषकले आप्mनो खेतबारीमा लगाएको बाली र बोटविरुवाको संरक्षण र हेरचाह गरेमा मात्र फल्छ त्यसरी नै एउटा नादान शिशु विस्तारै घरपरिवार छिमेकी अनि समाजको संरक्षणमा हुर्किन्छ वढ्छ । जति कुनै सन्तानको उज्वल भविश्यमा आमाबुबाको परिवारको हात हुन्छ त्यतिनै समाजको पनि हुन्छ । समाजले बालबालिकालाई हेर्ने दृष्टिकोण अनि व्यवहार सकारात्मक हुनु पर्दछ । घरका मानिस हुन या छरछिमेक अनि विद्यालय कतै पनि बालबालिकालाई निरास पार्ने, तुलना गर्ने, होच्याउने, जाति छुट्याउने, शारीरिक या मानसिक अपांगता या कमजोरी अथवा लैङ्गिक विभेद गर्ने जस्ता कार्य भए या गरिए त्यसको नकारात्मक प्रभाव बालबालिकामा पर्दछ । यसले ती बालबालिकामा तुलना गर्ने या आफु दबिएको, एक्लो भएको, जस्ता कुराको अनुभव गर्छ र यो अनुभव पछि गएर बदला, विद्रोह या कुलतमा फस्ने जस्ता निर्णयमा पुग्न सक्छ । त्यसैले पनि बालबच्चालाई उसको शरीर, जात, भाषा, धनदौलत जस्ता कुराबाट अलग राख्न सक्नु, सबैलाई एउटै या समान दृष्टिले हेर्न सक्नु र आजका बालबालिका भोलिका सबैथोक हुन् भन्ने धारणाको विकास हरेक मानिसमा रहन सकेमात्र बाल संरक्षणको नारा पुरा हुन सक्दछ ।

४ बाल सहभागिता : कसैले पनि जन्मिदै जानेर आएको हुँदैन । हरेक मानिस या पशुप्राणीले पनि उमेर अनुसार सिक्ने होे । सिक्नु भनेको जन्मेदेखि जीवनको अन्तिम समयसम्म चलिरहन्छ । अझ बालबालिकाहरुले त हामी ठुलाले गरेको देखेर सुनेर हेरेर सिक्ने हुन् । सिकाइको क्षमता सबै बालबालिकामा एकै हुँदैन । कसैले एकै पटकमा सिक्छन् त कसैले धेरै पटकमा । तर सिकने, जान्ने र नयाँ कुरामा ध्यान सबै बालबालिकामा हुन्छ । मात्र उनीहरुमा रुचीको अन्तर हुन सक्छ । त्यसैले पनि कुनैलाई त नजान्ने, बुद्धु अनि सक्दैनस भन्ने कुरा गर्नु हुदैन । यो बाल अधिकार हनन् हो । यसले मात्र बालबालिकाको अहित हुँदैन बरु ती बालबालिकाले भविश्य पनि राम्रो बनाउन सक्तैनन र उनीहरुले बनाउने समाज र देशलाई सही निर्देश गर्न सक्दैंनन ।

बालबालिकालाई नयाँकुरा सिकाउनु छ भने उनीहरुलाई विधालयमा होस यो अन्य बाल क्लव अनि विभिन्न गोष्टी र ठूला मानिसका कार्यक्रममा पनि सहभागी गराउनु अनिवार्य हुन्छ । यसले उनीहरुमा सकारात्मक सन्देश जान्छ । नयाँ मानिस या बालबालिकासँग भेट हुन्छ । उनीहरुका अनुभव साटासाट हुन्छन् । बोल्ने र सम्मान जानाउनु पर्ने कुराहरको ज्ञान हुन्छ । कुनै पराई या आफु भन्दा ठूलालाई भेट्दा नमस्कार भन्न आफुले सिकाउदा या आफुले पनि गर्दा उनीहरुमा पनि यस्तो गर्नु पर्ने रहेछ भन्ने ज्ञान पलाउँछ । साना नानीहरु नै किन नहुन उनहिरुसँग बोल्दा, सम्बेधन गर्दा तिमी या तपाईहरु भन्ने बानी आफुले बसाले उनीहरुले पनि अरुलाई सम्मान पूर्वक बोल्छन् । यसले एक अर्का बीच समझदारी र प्रेम वढेर जान्छ अनि मित्रता कायम हुन्छ । बालबालिकाहरुले एक्लै भन्दा सामुहिक पढन सिक्न, खेल्न र बस्न रुचाउछन् र यो उनहिरुको अधिकार पनि हो । जसरी बुबाआमासँग बस्न पाउने उनीहरुको अधिकार हो त्यसरी नै साथीहरुसँग बसेर पढन खेल्न सिक्न खान पाउने पनि उनीहरुको अधिकार हो । त्यसैले बाल सहभागिता बालबालिकाको मस्तिष्क विकास र बोल्ने झमताको विकास, लजालु पन हटाउन र आप्mना पिरमार्का भन्न अनि आाप्mनो अधिकार जान्न पनि बाल सहभागिता हुनु पर्दछ ।

यसरीनै बालबालिका भोलिका कर्णधार हुन भने आज नै उनीहरुको सर्वाङिण विकासमा ध्यान दिनु पर्दछ । उनीहरुको पोषणमा विशेष ध्यान दिनु पर्दछ । कुनै कुनै बालबालिका धेरै छिटो खान खाने र कुनै ढिलो र थोरै खाने हुन्छन् । यसमा पनि ध्यान दिनु पर्दछ । धेरै जसो बालबालिका अन्र्तमुखी हुन्छन् । आप्mना कुरा सबैलाई भन्न रुचाउदैनन । तर उनीहरु हिंसा भोगीरहेका पनि हुन सक्छन् । बालश्रममा रहन बाध्य पारिएका हुन सक्छन् । उनीहरुलाई बाल अधिकार बारे ज्ञान नहुन सक्छ । यस्तो अवस्थामा हरेक स्थानिय तह यो टोल टोलमा बाल क्लव र बाल सरोकारका संङ्घ सस्था भए केहि हदसम्म बालबालिकको अधिकारको सदुपयोग हुन सक्छ ।

बालमैत्री विद्यालय, शुद्ध खानेपानीको पहुँच, विधालयमा सोही अनुसारका डेस्क बेन्च, टेवल, ग्राउन्ड अनि दण्ड रहित शिक्षा भए पक्कै पनि हरेक बालबालिका विधालय जान उत्सुक हुन्छन् । यस्तो प्रविधीमैत्री र बालबालिका मैत्री विधालयलाई हेप्पी स्कुल भनिन्छ । यो कार्य र यस्तै संरचना बनाउने काम अब स्थानीय सरकारको हातमा आएको छ । र यो कार्यमा सरकारको मात्र मुख ताकेर हुँदैन । हरेक अभिभावकले विधालयको निरीक्षण गर्ने, सल्लाह सुझाव दिने, शिक्षकहरुसँग राम्रो सम्बन्ध बनाउने, शिक्षकलाई प्रोत्साहन गर्ने र आप्mना बालबालिकाका कमी कमजोरी शिक्षकलाई जानकारी गराउन सके पक्कै पनि बाल अधिकारको उपयोग हुन सक्छ । यसैसँग जोडिउको विषय बालबालिकालाई नजानेको, नगरेको या बदमासी गरेको भनेर सजाय दिनु भनेको असल शिक्षकको परिचय होइन । उनीहरुका कमी कमजोरी बुझेर त्यही अनुसारको सिकाई गर्नु असल शिक्षकको परिचय हो ।

आजका बालबालिका आधुनिक समयका हुन् । उनीहरु हामी भन्दा धेरै चाडो नयाँ प्रविधीको ज्ञान लिन सक्छन् । मोबाइल, कम्प्युटर आदिको प्रयोगबाट पनि धेरै कुरा सिक्न सक्छन् । मात्र हामीले उनीहरुलाई यसबारे जानकारी र राम्रो नराम्रो बारे अवगत गराई रहनु पर्दछ । उनीहरु प्रविधीमैत्री अध्यायन अध्यापन भएको रुचाउछन् । त्यसैले बालबालिकालाई भनेर , पढाएर भन्दा गरेर या प्रविधीमाा देखाएर सिकाउन सके उनहिरुले चाडै सिक्छन् । र यो आजको समयमा उनीहरुको अधिकारमा पर्दछ ।

बालबालिकाका अधिकार धेरै छन् । जस्तै, आमाबुबासँग बस्न पाउने अधिकार, कुनै पनि कार्यक्रममा भागलिने अधिकार, शिक्षा स्वास्थ्यमा अधिकार, बाल अधिकार सम्बन्धीका संघसस्था खोल्ने अधिकार, बाल क्लवमा सामेल भएर आप्mना गुनासा राख्ने अधिकार, पढने, लेख्न पाउने अधिकार, आप्mनो नाम आफै राख्न पाउने अधिकार, जातिय विभेदको विरोद गर्ने अधिकार, पिडा रहित र प्रविधिमैत्री शिक्षाको अधिकार, जन्मदर्ताको अधिकार, यौन हिंसा विरुद्ध बारेको अधिकार आदि । त्यसैले बालबालिकाको हित हुने शासन नै बालमैत्री शासन हो र यसको पूर्ण रुपमा पालना सबै पक्षबाट हुनु आजको आवश्यकता र संविधानत हो ।

अन्त्यमा, बालमैत्री अधिकार र यसको उपयोग नेपालमा आज पनि कमजोर अवस्थामा रहेको छ । आज पनि हजारौं बालबालिका श्रम गर्न बाध्य छन् । उनीहरुले विद्यालयको अनुहार र पुस्तकको ज्ञान लिन पाएका छैनन् । विभिन्न हिंसा व्यहोर्न र आमाबाबु हुनेले पनि सगै बस्न पाएका छैनन् । समयमा उपचार नपाएर विरामी र यौन हिंसा व्यहोर्न बाध्य छन् । यस्ता हिंसा गर्ने धेरै जसो पढेलेखेका समाजका कथित उपल्लो बर्गका मानिस नै छन् । त्यसैले पहिले उनीहरुले पनि मानवता र बाल अधिकारका बारेमा र नेपालको बाल कानुनका बारेमा जन्नु पर्दछ । र, सबैलाई समान सजायको व्यवस्था स्थानीय सरकारबाट हुन पर्दछ । आउनुहोस तपाई हामी सबै मिलेर बालबालिकाको सही संरुक्षण गरौं र बाल अधिकारको सम्मान गरौं । (लेखक होमियोपेथिक चिकित्सक हुन् ।)

Leave a Reply

Your email address will not be published.