दमक ,१३ पुस । दमक तेक्वान्दो डोजाङ झापा जिल्लामै उत्कृष्ट बन्न सफल भएको छ । झापाको गौरीगञ्जमा शनिबार सम्पन्न प्रथम गौरीगञ्ज खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता -२०८२ मा ७ वटा स्वर्णपदक जित्दै दमक तेक्वान्दो डोजाङ जिल्ला उत्कृष्ट बन्न सफल भएको हो ।
डोजाङबाट २८ जना खेलाडी सहभागीहरूमध्ये विभिन्न वजन समूहमा ७ स्वर्ण पदक ,४ रजत र ८ काँस्य पदक जित्न सफल भएको डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।
स्वर्ण पदक जित्नेमा ३० केजी तौल समूहबाट मनिष राई,२६ केजीबाट प्रज्ञा तामाङ,४१ केजीबाट सुभम अधिकारी,४४ बाट रेसु धिमाल,४६ केजीबाट देन्सु योगी,पुम्से महिलातर्फ सेमिना राई र इक्सा मादेन रहेका छन।
यसैगरी रजत पदक प्राप्त गर्नेहरूमा२८ केजी समूहबाट संयोग थापा,२० केजीबाट डिम्पल बस्नेत ,४६ केजीबाट रन्जिता तामाङ र पुरुष पुन्सेतर्फ एसविन तुम्रोक र काँस्यपदकतर्फ २९ केजी तौल समूहकी साइनो दंगाल ,३५ केजीबाट चिनो दङ्गाल ,४४ केजीबाट परिस्ता राई, ५० केजीबाट निकिता तामाङ प्रतिक्षा तामाङ ,पुरुष ३५ केजीतर्फ आशिष धिमाल,४४ केजीबाट रेगम राई , ५६ केजीबाट इन्दीप धिमाल रहेका छन् ।
गौरीगंजस्थित गौरीप्रावि विद्यालयमा भएको सो प्रतियोगितामा झापा भरिका १६ वटा डोजाङका २३० खेलाडीहरुले भाग लिएका थिए ।प्रतियोगिता गौरीगञ्ज तेक्वान्दो डोजाङर शुभम तेक्वान्दो डोजाङले संयुक्त रुपमा आयोजना गरेको हो ।
जिल्ला प्रथम बन्न सफल दमक तेक्वान्दो डोजाङले नगद १५ हजार,ट्रफि प्रदान गरिएको थियो । दोश्रो बनेको नवदुर्गा तेक्वान्दो डोजाङ दोश्रो र आयोजक गौरीगञ्ज तेक्वान्दो डोजाङले तेश्रो स्थान प्राप्त गरेको गौरीगञ्ज तेक्वान्दो डोजाङका प्रमुख रुपक थुलुङ राईले बताए ।
एक वर्ष अघि स्थापना भएको यस डोजाङले जिल्लासहित प्रदेश तथा केन्द्रमा आयोजना गरेको आधा दर्जन विभिन्न प्रतियोगितामा विभिन्न पदक जित्दैआएको अध्यक्ष धिमालले बताए । डोजाङले दमकका ५ वटा सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेलको प्रशिक्षण सञ्चालन गर्दे आएको उनले बताए ।
