झापा,१२ पुस । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा पुनः गोपाल गिरी चुनिएका छन् ।पुस १० गते सम्पन्न १७ औं उपशाखाको निर्वाचन कार्यक्रमबाट आगामी दुइ वर्षे कार्यकालका लागि सभापतिमा गिरीसहित नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपसभापतिमा शर्मिला अधिकारी, सचिवमा केदार महत, कोषाध्यक्षमा रमेश भण्डारी, उपसचिवमा धनकुमारी खरेल “लता“ र उपकोषाध्यक्षमा मन्जु दाहाल “पोख्रेल“ निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा मुरारी पोख्रेल, सीता भण्डारी, मित्रप्रसाद अधिकारी र विकास कोइराला तथा महिला सदस्यमा लता कार्की चापागाइ पनि निर्विरोध निर्वाचित भएको जनाईएको छ । सभापति गिरी यसअघि पनि दुई कार्यकाल सभापति भइसकेका छन् ।