दमकमा लिम्बू समुदायको तथ्यांक निकालिदै

दमक,१२ पुस । दमकमा लिम्बू समुदायको वास्तविक तथ्यांक निकालिने भएको छ । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ्ग चुम्लुङ्गले आफनो समुदायको वास्तविक तथ्यांक निकाल्ने भएको हो ।
लिम्बू समुदाय केहि सघन बसोबास रहेको दमक ८ बाट प्रांरिम्भक चरणमा त्यस्तो तथ्यांक निकालिने तयारी गरिएको चुम्लुङ्ग वडाध्यक्ष चन्द्रबहादुर कन्दङवाले बताए । वडामा आफनो समुदायको यकिन अवस्था पहिचान गर्न गणक परिचालन गरि संकलन गर्ने काम थालिएको उनले जनाएका छन् ।
उनका अनुसार वडा भित्रका लिम्बूका घरघर पुगेर गणकले जनसंख्या ,अस्थायी बसोबास,धर्म, पेशा,रोजगारी लगायतको विवरण संकलन गरिदै आएको छ । त्यसले लिम्बूको विस्तृत अध्ययन निस्कने उनको भनाई छ । सरकारले हालै मात्र राष्ट्रिय जनगणनामा लिम्बूको वास्तविकता नआउने भएकाले परीक्षणका रुपमा यस वडामा त्यस्तो अध्ययन शुरु गरिएको अध्यक्ष कन्दङवाले बताए ।
उनले तथ्यांक संकलनको क्रममा लिम्बू जातिको पहिचानमूलक चुम्लुङ्गको झण्डा राख्ने अभियान पनि संगै लगिएको छ । लिम्बूको घर चिनाउन संस्थागत रुपले झण्डा राख्ने अभियान थालिएको उनको भनाई छ । उनले भने,–‘यसले लिम्बू समुदायका लागि नौलो र उपयोगी काम हुने छ’
दमक नगरपालिकाको पाश्र्वचित्र, २०७५ अनुसार दमकमा २२ हजार ४४२ घरधुरीहरूमा ४०,२९०पुरुष र ४६,६००महिलाहरू गरी कुल ८६ हजार ८९० जनसंख्या रहेको छ । वडागत विवरण अनुसार सबैभन्दा धेरै घरधुरीहरू वडा न. ५मा ३,३८१ घरधुरी र सबैभन्दा कम वडा नं. १० मा १३११ घरधुरीहरू रहेको उल्लेख छ । त्यसमध्ये दमक ८ मा ९९५१ ज्नसंख्या रहेका छन् ।

Leave a Reply

Your email address will not be published.