बाटोमा लडेर कमलमा रिजालको मृत्यु

दमक,१२ पुस । झापाको कमलमा बाटोमा लडेर एकजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कमल गाउँपालिका वडा न.-५ का ५२ बर्षिय पर्शुराम रिजाल रहेका दमक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार दिउँसो अन्दाजी ४ बजे कमल –५ अम्बिका चोकदेखि किराँतेश्वर मन्दिर जाने भित्री कच्ची सडकखण्डमा सोही ठाउँ बस्ने रिजाल आफ्नो घरदेखि अन्दाजी ५ सय मिटर पूर्वतर्फ सो सडकको छेउमा लडेर मृत अवस्थामा फेला परेका हुन् ।
मृतक रिजाल अत्यधिक मादक पदार्थ सेवन गरी हिडडुल गर्ने गरेको बुझिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.