दउवा संघ निर्वाचन : तीन दलीय व्यवसायी समूहद्धारा उम्मेदवारी दर्ता (सूचि सहित )

दमक,१२ पुस । दमक उद्योग बाणिज्य संघको आगामी पुष १८ गते हुने निर्वाचनका लागी तीन वटा समूहले आफना प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना , ६ बस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ समेत १८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरि, महिलातर्फ दुई सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । २० सदस्यीय कार्यसमितिमा ५५ जनाको उम्मेदवारी मनोनयन परेको छ । यस्तै, संयोजकसहित दुई सदस्य गरि तीन सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
शुक्रवार उम्मेदवार मनोनयनका क्रममा संघका हालका अध्यक्ष समेत रहेका देवीप्रसाद गुरागाईं(गोपाल) को नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल, नेकपा एमाले निकटबाट अध्यक्षमा भरत चम्लागाई र राप्रपा निकटबाट राजु खड्काको प्यानल गरि तीन वटा समूहले उम्मेदवारी मनोनयन गरेका हुन् । नेपाली कांग्रेस र नेपाली कम्यूनिष्ट पार्टी वीच

संयुक्त गठबन्धन निर्माण गरि गुरागाईको नेतृत्वमा चुनावी मैदानमा होमिएका छन् । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी समर्थित ब्यवसायीहरुको संयुक्त प्यानलबाट अध्यक्षमा गुरागाईसहित बरिष्ठ उपाध्यक्षमा ज्ञाननाथ पौडेल(ज्ञानु), महिला उपाध्यक्षमा संगीता राई तुम्बापो, प्रथम उपाध्यक्षमा रुबल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुवास गड्तौलाको उम्मेदवारी दर्ता भएको हो ।
त्यसैगरी सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पौडेल, भरत दुलाल, तोर्ण बस्नेत र युवराज घिमिरेका साथै महिला सदस्यमा गंगा अधिकारी बजगाईं र बसुधा कडरीया दाहाल साथै लेखा समिति संयोजकमा भेनस श्रेष्ठ सहित सदस्यहरु रुपक सापकोटा र विलास यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

सोही प्यानलबाट बस्तुगततर्पm रेवती दाहाल, चन्द्र काफ्ले, बिबेक बजगाईं (बुद्धिसागर) , कृष्णराज दाहाल,सहदेव भटटराई र टंक ढकालको उम्मेदवारी परेको छ ।
यसैगरि, भरत चम्लागाईको समूहबाट वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत, महिला उपाध्यक्षमा लोकमाया ढुंगाना, प्रथम उपाध्यक्षमा सुनिल साह, द्धितीय उपाध्यक्षमा रमेश लुईटेल, तृतीय उपाध्यक्षमा उमेश गजमेरको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरि, राजु खड्काको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार योङया, महिला उपाध्यक्षमा शुष्मा निरौला, प्रथम उपाध्यक्षमा तुलसी तिम्सीना, द्धितीय उपाध्यक्ष नविन कुमार अग्रवाल र तृतीय उपाध्यक्षमा विवेक श्रेष्ठको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका संयोजक लीला गुरागाईको शुक्रवार विहान १०.३० वजेदेखि २.३० वजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम राखिएको थियो । उम्मेदवारहरु माथि पुस १२ गते विहान १०.३० देखि २.३० सम्म दावीविरोध,३.३० वजे उम्मेदवारीहरु दावीविरोध पछि उम्मेदवारको नामावली प्रकाशन रहेको निर्वाचन कार्यतालिका छ ।
१३ गते पुस विहान १०.३० वजे ४ वजेसम्म उम्मेदवार मनोनयन फिर्ता र सोहि दिन ४.३० वजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत पुस १८ गते विहान ८ वजेदेखि अपरान्ह ३ वजेसम्म मतदान तय गरिएको र सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गुरागाईले बताए । आगामी तीन वर्षे कार्यका लागि हुने निर्वाचनमा संघमा आवद्ध २२ सय ९८ जना सदस्यले मतदान गर्ने छन् ।

 

Leave a Reply

Your email address will not be published.