
दमक,११ पुस । पाँचथर, चिलिङदिन घर भई हाल दमकमा बस्दैआएका नेम्बाङ लिम्बूहरु संगठित भएका छन् । दमकमा शुक्रवार भएको भेलाले लोकेन्द्र नेम्बाङको अध्यक्षतामा चिलिङदिन चौतारी नेम्बाङ समाज नामक संस्था गठन गरेका हुन् ।
गठित संस्थाको उपाध्यक्षत्रयमा डिक बहादुर नेम्बाङ, हर्क बहादुर नेम्बाङ, डिल्लिराज नेम्बाङ,सचिवमा धिरेन्द्र नेम्बाङ,सहसचिवमा नरबिर नेम्बाङ र कोषाध्यक्षमा फुल कुमारी नेम्बाङ चुनिएका छन् । १३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा दिपेश नेम्बाङ लगायत रहेका छन् ।
चिलिङदिन घर भई हाल दमकमा बस्दैआएका नेम्बाङ लिम्बूहरुवीच आपसी समन्वय गरि सामाजिक कार्य गर्ने उद्देश्यले उक्त समाज निर्माण गरिएको जनाईएको छ ।
भेलाले आस बहादुर नेम्बाङको संयोजकत्वमा सदस्य देउकुमार नेम्बाङ,दिपेन्द्र नेम्बाङ (मुकुम )रहेको ९ सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ। यस्तै, भेलाले मुकुम नेम्बाङको संयोजकत्वमा ५ सदस्यीय रहने गरी विधान मस्यौदा उपसमिति समेत गठन गरेको सल्लाहकार देउकुमारनेम्बाङले जानकारी दिए ।
सोहि भेलाले संस्थाको आफनो छुटटै कोष निर्माण गर्ने र त्यसमा विभिन्न दाताबाट रु २० हजार स्वतस्फुर्त रुपमा संकलन समेत गरिएको थियो । उक्त भेलामा तत्कालिन चिलिङदिन गाँउ पञ्चायतका पूर्व प्रधानपञ्च तथा नेम्बाङ समाजकै अगुवा अभिभावक ८९ वर्षिय श्री आस बहादु नेम्बाङसहित दमकमा बस्दै आएका नेम्बाङहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।