बिर्तामोड,१० पुस । शिवसताक्षीका व्यवसायी विनोद सापकोटा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा निर्वाचित भएका छन् ।उनी विगत १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय संगै पत्रकारिता पेसामा पनि क्रियाशील छन् ।
कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दीपक खतिवडालाई चयन गरेको छ ।
यस्तै सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दिकेशर घिमिरे, मनकुमार चौलागाई, जीवन सुवेदी र तीर्थ काफ्लेलाई चयन गरेको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष संजीव सत्यालको प्रमुख आतिथ्यता तथा महासंघ झापाका अध्यक्ष सञ्जय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिबेशन उद्घाटनका क्रममा सहभागिहरुले पुस्तक तथा स्टेशनरीको व्यापार सम्मानित र शिक्षित वर्गको व्यवसाय भएको अन्य व्यापार व्यवसायको पृथक भएको औल्याएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेशका उपाध्यक्ष जीवन नेपाल, पूर्व केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटी, पूर्व झापा अध्यक्ष समेत रहेका अधिवक्ता फणिन्द्र न्यौपानेलगायतले आ–आफ्ना धारणा राखेका थिए ।