चुलाचुली,११ पुस । गाउँमा रंगमञ्च गर्दै आएको इलामको चुलाचुलीस्थित चुलाचुली रंगमञ्चले आफनो ९ औं बार्षिकोत्सवको अवसरमा दोस्रो संस्करणका रुपमा चुलाचुली पाठशाला नाटय उत्सव आयोजनाको तयारी तीव्र पारेको छ ।
विशेषगरि शैक्षिक संस्था र विधार्थीहरुमा लक्षित कार्यक्रमले यसपटक नाट्य उत्सवमा अवसरमा खुल्ला नाटक मञ्चन गर्ने भएको छ ।विश्वव्यापिकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नारा रहेको नाट्य संस्था जिल्लाकै एकमात्र पहिलो नाट्य संस्था हो ।
रंगमञ्चको कार्यालयमा आज पत्रकार सम्मेलन गरि यहि माघ १० र ११ गते हुन लागेको चुलाचुली पाठशाला नाट्य उत्सवमा जम्मा ११ वटा नाटकले सहभागिता जनाउने जानकारी दिएको हो ।
चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरि जम्मा ६ वटा विधालय, जिल्लाबाहिरबाट तीन वटा नाट्य संस्था साथै आयोजक रंगमञ्चबाट दुई वटा होम प्रोड्क्सन नाटक मञ्चन हुने भएको पाठशाला नाटक उत्सवको कार्यक्रम संयोजक चेतन आङथुपोले वताए ।
उनका अनुसार नाट्य उत्सवमा विधालयहरुतर्फ बालज्योति मावि, चुलाचुली -४,इलाम, भानु मावि, चुलाचुली -५ इलाम, पञ्चकन्या आधारभूत विधालय, चुलाचुली -२, अमृत बोर्डिंग स्कूल, चुलाचुली -२ इलाम, पञ्चबुद्ध अंग्रेजी स्कुल, चुलाचुली -४ इलाम, जनता मावि बाह्रगोठे, चुलाचुली -२ इलाम सहभागिता जनाउने छन् । त्यस्तै, बाहिरी नाट्य संस्थाबाट कदम थिएटर र सर्वोदय ईङ्लिस बोर्डिङ स्कुल दमक , हाम्रो थिएटर, फिदिम पाँचथर, शब्द थिएटर र रेडस्टार बोर्डिङ्ग स्कुल पथरीशनिश्चरे मोरङ सहभागि हुने जनाएका छन् ।
चुुलाचुली पालिकाको पर्यटन क्षेत्रहरु मध्ये वडा नम्बर ३ स्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्रमा करिब ६ लाख २५ हजार लगानीमा पाठशाला नाटक आयोजना हुन लागेको हो ।
प्रकृतिको सत्सङगमा जाऔं, रंगकर्ममा रमाऔं र आफु स्वयमसँग सम्बाद गरौं भन्ने उत्सवको मुख्य नारा रहेको छ भने कार्यक्रम सफल बनाउन चुलाचुली गाउँपालिकाको सहयोग र कराटे डो एसोसिएशन र इलाम समाज हङकङको सहकार्य रहने समेत आयोजकले जनाएका छन् ।
दुई दिन चल्ने नाटक उत्सवमा ११ वटा नाटक मञ्चन, फाइन आर्ट कार्यशाला, फोटो प्रर्दशनी, नाटक कार्यशाला ,विभिन्न जातजातिको लोकबाजा झाकी प्रर्दशनी र रंगमञ्च अन्रसंवाद कार्यक्रम रहने छन् ।
२०७० सालबाट आधिकारिक रुपमा नाटकमा सक्रियता जनाउदै आएको चुलाचुली रंगमञ्चले २०७६ मा पहिलो संस्करण चुलाचुली नाट्य पाठशाला आयोजना गरेको थियो भने २०७१ मा पहिलो पटक गाउँमै दुई दिवसीय नाट्य उत्सव आयोजना गरिसकेको छ ।
२०६५ सालमा परिर्वतन नामकाृ सडक नाटकबाट गाउँमा नाटकको गतिविधि गर्दै आएको यस नाट्य संस्थाले दर्जनौ बढी नाटकहरु नेपाल नाटक महोत्सवहरुमा मञ्चन गरिसकेको छ ।
प्रेसमिट कार्यक्रममा थप कथा निर्देशन रमिता राई को नाटक प्रकृतिको मञ्चन गरिएको थियो ।