कोभिडबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन ओलीको जोड

दमक, ११ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा अझै सचेतना जरुरी भएको औल्याएका छन् ।
दमकमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिविरको आज समापन समारोहलाई सम्बोधन गर्दे उनले कोभिड –१९ को जोखिम केहि घटेपनि पूर्ण रुपमा नियन्त्रणमा नआएकाले त्यसबाट जोगिन स्वास्थ्य सावधानीमा जोड दिए ।
कोभिडले नेपालसंगै विश्व जगतनै नराम्ररी प्रभावित भएको बताउदै उनले कोभिडको जोखिम नियन्त्रण गर्न स्वास्थ्य सर्तकता मात्र एक मात्र उपाय भएको उल्लेख गरे ।
दमक ७ स्थित पशुहाटमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा २ हजार ८ जनाले स्वास्थ्य परिक्षण गराएको आयोजक संस्थाकी घुन्सा फाण्डेसनकी अध्यक्ष याङजु शेर्पाले जानकारी दिईन् । नगरपालिकासहित घुन्सा फाउण्डेशन र विपन्नका लागि स्वास्थ्य संस्थाले विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा मुटु ,बालबालिकासहित विभिन्न रोगको स्वास्थ्य परीक्षण गर्नुका साथै ल्याव तथा औषधी समेत निशुल्क वितरण गरिएको थियो ।
विभिन्न कार्यक्रममा सहभागि
उनले आजनै दमक– ४ मा निर्माणाधीन प्रदेश १ स्तरिय एकिकृत अपाङगता पूनःस्थापना केन्द्रको भवनको निरीक्षण गरे । भवनको निरीक्षण पछि उनले संक्षिप्त मन्तव्य राख्दै अपाङ्गता भएकाहरुलाई राज्यले समान अवसर दिनु पर्ने र क्षमता बिकास गराउने खालका कार्यक्रम तय गरिनुपर्ने बताएका थिए ।
उनले भवन निर्माणमा सम्पन्न गर्नका लागि व्यक्तिगत रुपमा रु ५ लाख रुपैँया सहयोग गर्ने घोषणा समेत गरे । त्यस्तै, उनले दमक –९ स्थित शान्ति मार्गबाट सेतुमारीसम्म जाने सडकको शिलान्यास र दमकको क्याम्पसमोडदेखि नयाँ आम्दा पाङमी चोकको करिव अढाई किलोमिटरको कालो सडकको उद्घाटन गरेका थिए । त्यस्तै, आजनै उनले दमक क्याम्पसको निर्माणाधिन भवनको समेत निरीक्षण गर्नुका साथै क्याम्पसका समिति तथा प्राध्यापकहरुसंग क्याम्पसको बारेमा जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published.