फोनिज झापाको नयाँ नेतृत्व, जिल्ला अध्यक्षमा फियाक

झापा,१० पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) झापाको नयाँ नेतृत्व चयन भएको छ । दुई साता अघि छैठौं जिल्ला अधिबेशन सम्पन्न भएपनि नेतृत्वमा सहमति जुटाउन लामो कसरतपछि आज सर्वसम्मत रुपमा जिल्ला नेतृत्व चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको जिल्ला अध्यक्षमा भुमिका फियाक सुब्बा ,उपाध्यक्षमा सबिना राई , सचिवमा तिलक योञ्जन,सहसचिवमा बिन्दु मुकारुङ, र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । यसैगरि सदस्यहरुमा प्रतीक्षा राजवंशी,सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बू, –एकराज प्रधान, सुजन प्रधान र धनकुमार लावती चयन भएका छन्।
अधिवेशनले प्रादेशिक महाधिवेशन प्रतिनिधिहरुमा सेसेहाङ फियाक, कविध्वज राई, सजन राई, सनिला राई, सर्णीमा राई, सुमन बेघा, मिना नेम्बाङ,निरन राई, लीला राई, सौरभ मुखिया ए र सौरभ मुखिया बीलाई चयन गरेको छ । त्यसैगरि संघीय महाधिवेशन प्रतिनिधिहरुमा गणेशमान मुखिया, विष्णु सुब्बा, रमेश समदर्शी, देशराज नेम्बाङ, भारती राई, विशाल नेम्बाङ र आनन्द गुरुङलाई निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published.