सिद्धार्थ बैकको रक्तदानमा ५८ पिन्ट रगत संकलन

गौरादह,१० पुस । सिद्धार्थ बैंकको १९ औं बार्षिकोत्सवको अवसरमा झापाको गौरादहमा आयोजित खुला रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको छ ।
सिद्धार्थ बैक गौरादह शाखाको आयोजना शुक्रवार भएको रक्तदान कार्यक्रममा बैक कर्मचारी,प्रहरी तथा सर्वसाधारणहरुले एक -एक पिन्ट रगतदान गरेका थिए । जाडोयाम समयमा अस्पतालमा रगतको अभाव हुन नदिन जनचेतनामूलक रक्तदान गरिएको बैकका शाखा प्रवन्धक नुतन गिरीले बताए ।त्यस अवसरमा रक्तदाताहरुलाई प्रंशसा पत्र समेत वितरण गरिएको शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.