नुमालाई ‘द भोईस अफ किड्स’ मा जिताउन आग्रह

दमक,१० पुस । दमक- ७ स्थित इष्र्टनस्टार अंग्रेजी बोर्डिङ्ग स्कूल कक्षा ७ मा अध्ययनरत १४ बर्षिया नुमा राई द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी छिन् ।
सुमधुर स्वरका धनी नुमा सयौ प्रतिष्पर्धीहरुलाई उछिन्दै अहिले उपाधि जित्नका लागि भोटिङ राउण्डमा पुगेकी छिन् । पढाईमा समेत जेहेन्दार उनको प्रतिभालाई यतिवेला एक भोट दिएर हौसला प्रदान गर्न खाँचो भएको स्कूलका प्रिन्सीपल लछुदास राईले बताए । उक्त द भोइस अफ किड्स हिमालय टेलिभिजनको चर्चित शो को रुपमा लोकप्रिय छ ।
उनका अनुसार नुमा राईलाई भोट गर्नका लागि खल्ति एपको हाम्रो स्क्रीनमा रहेको भोटिङ आइकनमा क्लिक गरी ‘भोट नाउ’ मा टाइप गरि टिम मिलन भित्र गई नुमा राईको फोटोमा क्लिक गरी धेरै भन्दा धेरै भोट गर्नसकिनेछ । यसरी नै देश बाहिरबाट भोट गर्नका लागि खल्ति डटकममा गई भोट गर्न सकिनेछ ।

नुमालाई जिताउन अभियान
माङ्सेबुसङ गाउँपालिका ६ घर भएकी नुमालाई जिताउन अभियान समिति गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा धनजित रुङ्माङ राईको अध्यक्षतामा ३५ सदस्यीय अभियान समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा दिवस राई, सचिवमा सुसन राई, सहसचिवमा अतित योङ्हाङ, कोषाध्यक्षमा सुजता राई, सदस्यहरुमा हेमन्त माकृहाङ राई, निशेष राई, बम बहादुर राई, तुफान राई, रमेश राई, विनोद नेम्बाङ, कमल बहादुर कार्की, सुदिप राई, जगत कोयु, सुशिल राई, देशराज नेम्बाङ लगायत रहेका छन् ।
यस्तै अभियानको सदस्यमा कोरियाबाट तगेन्द्र राई र दिपराज कोयु राई, जापानबाट निशान कोयु, सेमिहाङ्मा एवाई र सकुन्तला राई, अमेरिकाबाट खड्ग खालिङ, सेफिया कोयु, बेलायतबाट रामकुमार चाम्लिङ, रेखा पुलामी र रामचन्द्र राई, साउदी अरबबाट रामकुमार राई (राना कान्छा) रहेका छन् । यस्तै, मलेसियाबाट आईन्द्र प्रकाश योङ्हाङ, दुबईबाट महेन्द्र बार्ताम, कतारबाट प्रमोद कोयु, हङकङबाट पवित्र कोयु र वशन्त राई, जर्मनीबाट प्रमोद एवाई, पोर्चूगलबाट सुजत चाम्लिङ, अष्ट्रेलियाबाट निलिमा कोयु राई रहेका छन् ।
यस्तै माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र ईदिङ्गोको संयोजकत्वमा उपाध्याक्ष सुनिता सुब्बा सहितको १७ सदस्य एक सल्लाहकार समिति समेत गठन गरिएको गठित समितिका सचिव सुसन रुङ्माहाङ राईले जानकारी दिए । राईलाई भोट गरि जिताउन आर्थिक संकलनका लागि प्रभु बैंक दमक शाखामा समितिका संयोजक धनजीत राई र कोषाध्यक्ष सुजाता राईको नाममा सुजाता राई खाता न. ०११०१९५८८९५०००१२ प्रभु बैंक ) मा समेत रकम जम्मा गरि सहयोग गर्न सकिने समितिका संयोजक राईले बताए ।

Leave a Reply

Your email address will not be published.