पुस १२ मा कांग्रेस झापाको पदहस्तान्तरण

झापा,१० पुस । नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको यहि पुस १२ गते सोमबार पदहस्तान्तरण हुने भएको छ । हालै सम्पन्न १४ औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण सहित पदहस्तान्तरण आउने सोमबार बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा हुने तय भएको जिल्ला सचिव कृष्ण हुगामाईले बताए ।
उनका अनुसार पदहस्तान्तरणसहित नवनिर्वाचित समितिको पहिलो बैठक समेत बस्ने छ । पार्टीका नेता समेत रहेका पूर्व सांसद डिल्ली सिटौलाको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा निर्वतमान जिल्ला सभापति उद्धव थापाले नवनिर्वाचित सभापति देउमान थेवेलाई पदहस्तान्तरण गरि नयाँ नेतृत्वले औपचारिक रुपमा पदभार ग्रहण गर्ने सचिव हुमागाईले बताएका छन् । सोहि अवसरमा जिल्ला निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र समेत प्रदान गरिने जनाइएको छ ।
उक्त कार्यक्रममा निर्वाचित जिल्ला समितिसहित निवर्तमान जिल्ला पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय सभापति,प्रदेश सभाका सभापति ,गाउँ,नगरका सभापतिहरु लगायतको उपस्थिति रहने जनाईएको छ।
यसैगरि कांग्रेस झापाले हालै सम्पन्न १४ औ महाधिबेशनमा झापाबाट निर्वाचित हुने केन्द्रका महामन्त्रीसहित सदस्यहरुलाई समेत बधाई तथा शुभकामना कार्यक्रम तय गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.