झापा,१० पुस । घरको रेलिङबाट लडेर बिर्तामोडमा एक जना बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड नगरपालिका वडा न.४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी पुष २ गते राति ८.१५ बजे आफ्नै ३ तले घरमाथि रेलिङमा खेल्ने क्रममा अचानक भुइँमा झरेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो ।सोही अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव सोही अस्पतालमा रहेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।