दोमुखामा ट्रष्ट ब्रिजको उद्घाटन

दोमुखा ,९ पुस । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ ।दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो ।उक्त ब्रिजको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.