सताक्षीधामदेखि होकलबारी सडक कालोपत्रे कार्य सुरु

झिलझिले, १० पुस । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतीय सिमावर्ती होकलबारी सम्मको सडक कालोपत्रे शुरु गरिएको छ । सताक्षीधामबाट होकलवारीसम्म २७ किमी सडक मध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि।मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो ।
प्रदेश नं १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ करोड रुपैयाको लागतमा २७ किमी सडकको तिब्र रुपमा भइरहेको छ । शुक्रबार प्रदेश सांसद झलकसिंह दर्लामीले उद्घाटन गरे ।
कार्यक्रममा संसाद दर्लामीले सडक निर्माणपछि दक्षिणी भेकका नागरिकलाई उत्तरी भेगसँग जोड्न सो सडकले ठूलो भूमिका खेल्ने बताए । चौरी बजारदेखि दक्षिण कनकाई माईको कटानबाट करिब एक किमी सडक बनाउन कठिनाई भए तापनि सो स्थानमा पुल निर्माण गर्न मन्त्रलायसँग बजेट माग गरिएको सांसद दर्लामीले बताए ।
आउँदो आसार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो सडकको पूर्व पश्चिम लोकमार्गको झिलझिलेदेखि उत्तर सताक्षीधामसम्म कल्र्भड बनाउने काम सम्पन्न गरिएको छ । त्यहाँ अव फिलिङ्गको काम सुरु गरिने समेत दर्लामीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिए ।
सडक कालो पत्रे गर्न सुरु गरेपछि स्थानीयबासीले खुसी भएका छन् । सडक निरीक्षणका क्रममा पूर्वाधार विकास कार्यलयका रमेशकुमार श्रेष्ठ, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, वडा नं ७ का वडाध्यक्ष नविन इजम, वडा नं ४ का वडाध्यक्ष अधिकचन ताजपुरियालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.