दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

दमक,१० पुस । झापाको दमकस्थित सरकारी दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरि अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो ।
विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्ष समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताईन् । डेढ बर्ष अघिदेखि सो काम शुरु भएको थियो ।
कम्तिमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिईन् ।
अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक बेडमा पाइपलाइनबाट अक्सिजन पुरयाँउने लक्ष्यछ ।२०७३ सालमा स्वास्थ्य चौकीबाट स्तरउन्नति भएर हाल १५ शैयाको रुपमा दमक अस्पताल बनेको हो । अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउदैआएको छ । अस्पतालले दैनिक सरदर एक हजारका हाराहारीमा विपन्न समुदायका लागि स्वास्थ्य विमासहितका स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.