नेपाल शिक्षक संगठन पथरीशनिश्चरेको नयाँ नेतृत्व, अध्यक्षमा घिमिरे

पथरीशनिश्चरे ,९ पुस । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पथरीशनिश्चरे नगरअध्यक्षमा रोहिणी घिमिरे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
आज शुक्रबार पथरीशनिश्चरे नगरस्थित बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न नगर अधिवेशनबाट २१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा रीता कुमारी धिमाल , सचिवमा सुरेन्द्र दाहाल, सहसचिवमा रञ्जिता बराल , कोषाध्यक्षमा कमला पौडेल तथा सह कोषाध्यक्षमा कविता कुमारी शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।
साथै, सोहि कमिटीको खुल्ला सदस्य तर्फ सदस्यहरु क्रमशः केशव प्रसाद बजगाईं , पुण्य प्रसाद खरेल , हरीप्रसाद ढकाल , दमनध्वज आङ्देम्बे ,धलबहादुर मगर , तारानिधि तिमिल्सिना ,अम्बिका ढकाल न्यौपाने , विष्णुभक्त भण्डारी , नम्रता लामिछाने ,नविनचन्द्र आचार्य सर्वसम्मत चयन भएका छन् भने महिला सदस्यतर्फ क्रमशः तारादेवी खतिवडा ,रूपमाया बस्नेत , शोभा सापकोटा,,रीताकुमारी महत्तो सर्वसम्मत चयन भएका छन् ।
नगर उपप्रमुख यमुना विष्टको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनको अध्यक्षता निवर्तमान नगरअध्यक्ष रविन भट्टराईले गरेका थिए भने नेपाल संगठनका १ नं प्रदेश कमिटी अध्यक्ष बुद्धिमान कार्की , नेराशिस मोरङ अध्यक्ष प्रेम प्रसाद भट्टराई , संगठनकै सहसचिव रीता पाठक , एमाले १ नं प्रदेश सदस्य पर्शुराम मिश्र , नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य धर्मानन्द खरेल , एमाले जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलिया , पथरीशनिश्चरेका नगरअध्यक्ष अर्जुनकुमार बुढाथोकी ,प्याब्सन मोरङका सदस्य राजु तिमिल्सिना , अखिल नेपाल शिक्षक संगठन (युएण्टो)का नगरअध्यक्ष उपेन्द्र बस्नेत , कर्मचारी परिषद् नगरअध्यक्ष छवि घिमिरे लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।
सोहि अवसरमा विभिन्न संघ ( संगठनमा रही विशिष्ट योगदान पुर्याउने १५ जना शिक्षकशिक्षिकाहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनुहुने शिक्षकहरू क्रमशः एकराज निरौला,डिल्लीराज दाहाल ,रूद्व अधिकारी ,केशव दाहाल ,ऋषि सुवेदी ,भगतचन्द्व थपलिया, रूपनारायण भट्टराई ,दलबहादुर तामाङ ,असल पयाङगू , केदार कोइराला , टीका दाहाल लगायत रहेका छन्।

Leave a Reply

Your email address will not be published.