मोटरसाईकलको ठक्करबाट हात्ती धपाउन निस्केका ६ जना घाईते

केर्खा,९ पुस । जंगली हात्ती धपाउन राजमार्गमा निस्किएका समूहलाई मोटरसाईकलले ठक्कर दिदाँ झापाको कमल ३ स्थित सानो केर्खामा गएराति पाँँच जना घाईते भएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित सानो केर्खा सडकखण्डमा गएराति ११ वजेतिर पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्र ३–०२–०१४प ७३५१ नम्बरको मोटरसाइकलले सो ठाउँमा जङ्गलबाट निस्किएको हात्ती धपाउन निस्केका कमल गापा वडा नं ३ की ३४ बर्षिया सिता भट्टराई, २२ बर्षिय विक्रम गिरी, २० बर्षिय सुगम भण्डारी र ५० बर्षिय डिल्लीराज रायमाझीलाई ठक्कर दिएर घाईते बनाएको हो ।
बस्ती नजिकैको जंगलबाट निस्केको हात्ती धपाउन स्थानीयहरु राजमार्गमा निस्कदाँ तिव्र गतिमा आएको उक्त मोटरसाईकलले अनियन्त्रित भई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते सवैको दमकस्थित आम्दा र लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी १ का २५ बर्षिय सागर गड्तौला गम्भिर घाईते भएका छन भने पछाडि सवार सोही ठाउँका बिकेश माझी सामान्य घाईते भएका छन् । उनीहरु दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.