कांग्रेसको केन्द्रमा झापाबाट महामन्त्री शर्मा सहित पाँच जना निर्वाचित

झापा, ९ पुस । नेपाली काँग्रेस केन्द्रीय समितिमा झापाबाट महामन्त्री सहित पाँच जना निर्वाचित भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै १३४ जनाको केन्द्रीय पदाधिकारीमा झापाबाट पाँच जना निर्वाचित भएका हुन् ।
महामन्त्रीमा मेचीनगर निवासी युवा नेता विश्वप्रकाश शर्मासहित महिला खुल्ला तर्फ सरिता प्रसाई र सुशीला ढकाल , खस आर्यतर्फ केशवकुमार बुढाथोकी र प्रदेशबाट निर्वाचित हुने महिलातर्फको कोटामा दमककी नेतृ महिन्द्रा कुमारी लिम्बू निर्वाचित भएकी छिन् । निर्वाचित मध्ये शर्मा पार्टीका निवर्तमान प्रवक्ता,प्रसाई पूर्व कृषि राज्यमन्त्री,ढकाल महिला संघकी पूर्व जिल्ला अध्यक्ष र लिम्बू संघीय संसद सदस्य हुन् ।

जिल्लाको माइपश्चिम क्षेत्रबाट नै पहिलो पटक कांग्रेस केन्द्रीय सदस्यमा नेतृ लिम्बू निर्वाचित भएकी हुन् । महाधिबेशनमा दमकबाट मात्र आदिवासी जनजातिको कोटाबाट शुेरस सुब्बा, मधेशी कोटामा सत्यनारायण चौधरी ,खस आर्यको कोटाबाट मेदनी सिटौला र दलित कोटामा अमर बराईलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published.