दमक,९ पुस । दमकका सफल युवा ब्यबसायी तथा सामाजिक कार्यकर्ता रमेश लुईटेल झापाको बैगुन्धुरामा जन्मिएर दमकलाई कर्मथलो बनाउँदै यहाँको सामाजिक क्षेत्रमा स्थापित नाम हो । आज भन्दा २० बर्ष अघि दमकमा एउटा सानो कम्प्युटर ईन्स्टिच्युटबाट ब्यवसायीक क्षेत्रमा लागेका लुईंटेल आफनो ब्यबसायमा मात्रै केन्द्रित नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।
दमक उद्योग बाणिज्य संघको आगामी पुस १८ गते हुने निर्वाचनमा भरत चम्लागाईं नेतृत्वको प्यानलबाट द्वितिय उपाध्यक्षको उम्मेद्वार बनेका लुईंटेलले सबै ब्यवसायीका साझा नेतृत्व बन्दै दमकको ब्यवसायिक प्रबर्धनका लागि योगदान दिने योजना बनाउदै उम्मेदवारी बनेका छन् ।
दमक जेसीजमा आवद्ध रहेर आफ्नो नेतृत्व र व्यक्तित्व बिकास गर्नुभएका अनुभवी व्यवसायी लुईंटेल दमक जेसीजको कार्यकारी उपाध्यक्ष हुँदै कानुनी सल्लाहकार लगायतका जिम्मेवारी सफलतापूर्वक हल गरिसकेका छन् । दमकका उद्योगी ब्यवसायीहरुका बिभिन्न संघ संगठनमा बसेर नेतृत्वदायी भुमिकामा रहिसकेका लुईंटेलले यसअघि समेत दमक उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेद्वार भएर चुनावी मैदानमा उभिए पनि सफलता हात पार्न सकेनन् । त्यसपटक दमकका ब्यवसायीको राम्रै मायाँ र सद्भाव पाए पनि जितको लागि पर्याप्त मत प्राप्त गर्न नसकेर उप विजेता हुनु परे पनि यसपटक आफूलाई जिताउने विश्वास बटुलेका छन् ।
बजार क्षेत्रमा सुरक्षा, सीसी क्यामरा व्यवस्थापन, पार्किङ, रात्रीगस्ती , सरसफाइ सुधारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने , युवा र व्यवसायी लक्षित कार्यक्रम (व्यवसायिक तालिम, डिजिटल मार्केटिङ, लेखा व्यवस्थापन) नियमित रुपमा सञ्चालन गर्ने , दमकलाई व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने , सवै उद्योगी व्यवसायीलाई आवश्यक पर्ने सवै प्रशासनिक सेवाका लागि एकद्वार सेवा केन्द्र स्थापनाका लागि आवश्यक निकायहरुसँग समन्वय गर्ने स्पष्ट योजनासहित दमकका ब्यवसायीको नेतृत्व गर्न आफूले उम्मेदवारी दिएको स्पष्ट पार्छन् ।
…………………………………………………………………………………………………………………………………………………
आफूले हारेपनि व्यवसायीहरुका दुःख, सुखमा निरन्तर काम गरिआएको उनले सुनाए । संघको द्धितीय उपाध्यक्षका उम्मेदवार लुईटेल भन्छन् , –‘यहाँका ब्यवसायीका समस्या समाधानका लागी मेरो विवेक र जिम्मेवारी अनुसार अहोरात्र खटिंदै आएको र अव संघमा बसेर थप जिम्मेवारी सम्हाल्ने लक्ष्य बनाएको छु । ’
उमेरमा युवा, काममा परिपक्वता, योजनामा सृजनशिलता र कार्यान्वयनमा जिम्मेवारी पनका कारण लुईंटेल दमकको ब्यबसायीक संगै सामाजिक कार्यमा काम गर्न आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
एउटा सानो पसलबाट नेशनल कम्प्यूटर ईलेक्ट्रोनिक्स र आरम्भ कम्प्युटर प्रालिको बिशाल साम्राज्य खडा गर्न लुईंटेलको सक्रियता र लगनशिलता सबैको लागी प्रेरणा बन्ने गरेको छ । आफु दमक उद्योग वाणिज्य संघमा निर्वाचित भए दमकको व्यापार, उद्योग र सेवाक्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउने योजना बनाएको उल्लेख गर्छन् । उम्मेदवार लुईंटेललले भने , –‘साना व्यवसायीका समस्या संघभित्र तथा नीतिनिर्माता तहमा प्राथमिकताका साथ उठाउने योजना छ ,यसमा निर्धक्क प्रतिवद्धता समेत व्यक्त गर्दछु ।’
उनका अनुसार उद्योगी,व्यवसायीहरुमाथि सरकारले लिने बिभिन्न कर, भाडा, लाइसेन्स तथा बैंकिङ झन्झट न्यूनीकरणका लागि पहल गर्ने ,अनावश्यक जरिवाना र हैरानी अन्त्यका लागि संघको तर्फबाट आवाज उठाउने काममा लाग्ने योजना छ । यस्तै, व्यवसायी संकटमा पर्दा सहयोग पुग्ने आपतकालीन सहयोग कोष थप बलियो बनाउदै लैजाने र व्यवसायीहरु बिरामी, दुर्घटना र विपदमा राहत प्रणालीलाई संघका सदस्यमैत्री र सवल बनाईने योजना समेत लुईंटेलको रहेको छ ।
बजार क्षेत्रमा सुरक्षा, सीसी क्यामरा व्यवस्थापन, पार्किङ, रात्रीगस्ती , सरसफाइ सुधारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने , युवा र व्यवसायी लक्षित कार्यक्रम (व्यवसायिक तालिम, डिजिटल मार्केटिङ, लेखा व्यवस्थापन) नियमित रुपमा सञ्चालन गर्ने , दमकलाई व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने , सवै उद्योगी व्यवसायीलाई आवश्यक पर्ने सवै प्रशासनिक सेवाका लागि एकद्वार सेवा केन्द्र स्थापनाका लागि आवश्यक निकायहरुसँग समन्वय गर्ने स्पष्ट योजनासहित दमकका ब्यवसायीको नेतृत्व गर्न आफूले उम्मेदवारी दिएको स्पष्ट पार्छन् ।
लुईंटेल यस पटकको निर्वाचनमा दमकका सबै ब्यवसायीको साथ पाएर निर्वाचित हुनेमा विश्वस्त छन् । भरत चम्लागाईं नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेका लुईंटेलले आफू काम गर्न उम्मेदवार बनेकाले दमकका सवै उद्योगी,व्यवसायीहरुको साथ र सहयोग पाउनेमा विश्वस्त छन् । तपाईहरुले दिएको अभिमतलाई काम गरेर देखाउने उनको दावी छ ।