दमक ,८ पुस । स्वरोजगार हलुका समूह दमकको अध्यक्षमा बालकृष्ण श्रेष्ठ चुनिएका छन् । शिवसताक्षीस्थित दोमुखामा आज आयोजित समूहको प्रथम परिषद भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा गौतमकुमार लामा,सचिवमा गान्धी प्रसाद भण्डारी,सहसचिवमा दिनेश भट्टराई ,कोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा कमल राई चुनिएका छन् । समूहको प्रवक्तामा गणेश प्रसाद गौतम चुनिए ।यसैगरि, सदस्यहरुमा बिन्द्रकुमार श्रेष्ठ,नवराज श्रेष्ठ ,रमेश श्रेष्ठ ,अर्कलाल दाहाल (सुरज),सदस्य भिम पौडेल चुनिएका छन् ।
भेलाले समूहको लेखा समिति संयोजकमा डिल्लीप्रसाद अधिकारी र प्रकाश प्रसाई प्रमुख सल्लाहकार रहेको सल्लाहकार समिति समेत गठन गरिएको प्रवक्ता गौतमले बताएका छन् । आगामी बैठकले लेखा समितिका दुई सदस्य , दुर्घटना समिति गठन गर्नुका साथै सल्लाहकार समितिलाई पूर्णता दिईने निर्णय भएको उनले जानकारी दिए ।
नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमकका संस्थापक समेत रहेका सामाजिक व्यक्तित्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यतामा भएको भेलामा अग्रज हलुका सवारी व्यवसायी कमल थापा , पत्रकार विष्णु सुब्बा लगायतले स्वरोजगार समूहका निर्वाचित समितिलाई बधाई शुभकामना राखेका थिए ।
हलुका समूह गतवर्ष मात्र अग्रज यातायात व्यवसायी श्रेष्ठकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । संस्थामा १०५ जना व्यवसायीहरु आवद्ध छन् । भेलाले यातायात व्यवसायीहरूलाई थप सेवा सुबिधा दिन बृहत् छलफल समेत गरिएको समूहका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताएका छन् । बनभोजसहितको सो भेलाका अवसरमा गीत,नृत्य,हण्डीफोर लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरि मनोरञ्जन प्रदान गरिएको थियो ।