दमक,८ पुस । भट्टराई बन्धुहरुले हरेक तीन बर्षमा सामूहिक रुपमा गर्दै आएको कूलपूजामा सहभागि हुन ठुलो संख्यामा भट्टराई बन्धुहरु दमकमा भेला भएका छन् ।दमक- ४ मा रहेको भट्टराई कूल वंश प्रतिष्ठानमा हरेक तीन बर्षमा आयोजना हुने यस धार्मिक तथा साँस्कृतिक महत्व राख्ने यो पूजामा सहभागिताका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतको पश्चिम बंगाल, आसाम , सिक्कीम, मणिपुर, भुटानका साथै अमेरिकाबाट समेत हजारौंको संख्यामा भट्टराई बन्धुहरु भेला भएका हुन् ।
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरबहादुर भट्टराईले कुलपूजामा अघिल्लो पटक जस्तै यस पटक पनि बृहत रुपमा बन्धुहरु महत्वसाथ यहाँ भेला भएको जानकारी दिए ।वशिष्ठ गोत्रीय भट्टराई बन्धुहरुको साझा संस्था भट्टराई कुल वंश प्रतिष्ठानको आयोजनामा पुष १ गतेदेखि देवाली (कूलपूजा) भइरहेको छ ।
प्रतष्ठिानले हरेक तीन÷ तीन बर्षमा गर्दै आएको कुलपूजा यसवर्ष पनि भव्य रुपले सम्पन्न गर्न लागेको बरिष्ठ उपाध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।कुलपूजालाई भब्य बनाउन तयारी स्वरुप ९ सय १४ वटा टहरा निर्माण गरिएकोमा अपुग हुने भएपछि आकस्मिक रुपमा शनिबार मात्रै थप ५ सय टहरा निर्माण गरिएको छ । दश हजार बढी आगन्तुकलाई अटाउने बासस्थानको ब्यवस्था गरिएको प्रतिष्ठानका सचिव जीवराज भट्टराईले जानकारी दिए ।
पुष १ गतेदेखी बैदकि विधिबाट कुलपूजा गरिएको र ९ गते बलि दिइने कार्यक्रम तय गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार यो पटक २५ सय बढी बोका बली दिने अनुमान गरिएको छ ।पुष ८ गते साँझबाट टहरामा विधिपिूर्वक बोका पर्सेर रातभर बसेर बिहान बोका बली दिने गरिन्छ ।
कुलपूजाको समापन गर्न करवि २० लाख बजेट विनियोजन गरएिको जनाइएको छ भने खाने र बस्ने ब्यवस्थाका लागि भौतिक संरचना तयारी गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य धनबहादुर भट्टराईले जानकारी दिए ।