नेपाल जेसीजको अध्यक्षमा थापा निर्वाचित

इटहरी,९ पुस । नेपाल जेसीज वर्ष २०२५ को अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट उनले ७६२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भईन् । निर्वाचित थापा नेपाल जेसीजकी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा मनोहरा जेसीजकी संस्थापक अध्यक्ष हुन् ।
सोमबार राति सम्पन्न निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत मात्र प्राप्त गरे ।
निर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका हुन् ।
एकबर्षे कार्यकालको लागि निर्वाचित कार्यसमितिले आगामी वर्ष जनकपुरमा हुने ५२औँ राष्ट्रिय महाधिवेशनसम्म काम गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published.