वडाले दियो मगर समुदायलाई सहयोगी सामाग्री

पथरीशनिश्चरे, ८ पुस ।पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ ले मगर समुदायलाई विभिन्न सहयोगी सामाग्रीहरु वितरण गरेको छ ।आज सोमबार वडा कार्यलयको प्राङ्गणमा वडा नम्बर आठको आकृति, जोगाऔं हाम्रो संस्कृति भन्ने कार्यक्रम अन्तर्गत वडाभित्र बसोबास गरेका मगर जातिको परम्परागत पोशाक र हुर्रा नाच्न चाहिने आवश्यक बाद्यवादनका सामानहरू वितरण गरिएको हो।
चालु आर्थिक बर्ष २०८१-०८२ को बजेट ५० हजारबाट ती सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताएका छन् ।वडा कार्यालयले यस कार्यक्रम अन्तर्गत वडाभित्रका सबै जात, जाति र जनजातिको परम्परागत संस्कृतिहरुको संरक्षण तथा पुस्तान्तरण गर्न लिम्बू जातिको केलाङ (च्याब्रुङ ) नाच, राई जातिको साकेला सिली, नेपाली नौमती बाजा एक-एक महिना निःशुल्क प्रशिक्षण तथा बाजा वितरण, थारु जातिको परम्परागत पोषाक वितरण गरेको छ । त्यस्तै, वडाले वडाभित्रका विभिन्न भजन किर्तन समूहहरुलाई आवश्यक बाद्यवादनका सामाग्रीहरु , परम्परागत आरन व्यवसायको संरक्षणका लागि पनि मेसिनहरु वितरण गरिसकेको छ ।

मृगको मासुसहित दुई समातिए

सुनसरीको बराहक्षेत्र–१ मा मृगको मासुसहित दुईजना पक्राउ परेका छन् ।सोमबार बिहानै करिब २ बजे तल्लो बगुवा टोलमा भान्सा घरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राईलाई ३ नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, चतरा सुनसरीबाट खटिएको संयुक्त टोलीले भरूवा बन्दुक र मृगको मासुसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.