
पथरीशनिश्चरे , ८ पुस । मोरङको पथरीशनिश्चरे ३ मा निर्माण हुने पशु अस्पतालका लागि स्थानीय कोइराला परिवारले ३ कठ्ठा २ धुर जग्गादान गरेका छन् ।
पिपल चोक पूर्व मदन भण्डारी कृषि मार्ग नजिकमा पशु अस्पताल भवन निर्माणका लागि स्थानीय इन्द्रदेवी कोइराला परिवारले २ कित्ताबाट गरी ३ कठ्ठा २ धुर जग्गा उपलब्ध गराएका हुन् ।
वडा कार्यालयको नाममा जग्गा रजिष्ट्रेशन गरिदिएपछि आज विहीवार नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जग्गा अवलोकन गर्दै स्थानीय दाताहरुको यसप्रकारको सहयोगमा कृषि तथा पशुपंक्षीको विकास तथा वडा र आधारभूत स्वास्थ्य कार्यालयहरु निर्माणका लागि नगरले सक्दो पहल गरिरहेको वताईन् ।
वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, वडा सदस्य देवीप्रसाद घिमिरे, नगर पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, पशु प्राविधिक पर्वत साह, अमिन सागर श्रेष्ठ सहित स्थानीयवासीले जग्गाको अवस्था अवलोकन गरेका थिए । नेपाल लाभइस्टक सेक्टर इनोभेसन आयोजनाले विश्व बैंकको सहयोगमा अस्पताल निर्माण गर्ने भएको छ ।