दमक,८ पुस । इसाई धर्मावलम्बीहरुले आइतवार दमकमा विभिन्न कार्यक्रम गरि ख्रीष्टमस मनाएका छन् ।दमक नगर इसाई समाजको आयोजनामा भएको ख्रीष्टमस बिशेष कार्यक्रममा शान्ति -याली निकालिनुका साथै शुभकामना आदानप्रदान , सांस्कृतिक उत्सवका साथ मनाएका हुन् । उनीहरुले साँझमा दमकको गणतन्त्र चौंकमा दिपप्रज्जवलन लगायतका कार्यक्रम गरि ख्रिष्टमस भव्य रुपले मनाएका हुन् ।
कार्यक्रम अन्तर्गत विहान इसाई धर्मावलम्बीहरुले प्रभु येशु ख्रीष्टको जन्मदिन अर्थात बडादिनको अवसर पारेर दमकमा शान्ति र सद्भावसहितको -याली निकालिएको थियो । ¥यालीले दमक नगरको विभिन्न चौक, बजार र सडकहरु परिक्रमा गरिएको दमक नगर इसाई समाजका सहसचिव पाष्टर राम राईले जानकारी दिए ।
ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा धरानस्थित ईम्मानुयल कृपा चर्चका पाष्टर हिमाल जोसेफ राईले प्रवचन दिएका थिए ।
त्यस्तैं, कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बाइबल धर्मशास्त्रले समाज रुपान्तरण गर्न र जीवनपयोगी महत्वपूर्ण सन्देसहरु दिएको भन्दैं प्रशंसा व्यक्त गरे ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षता भएको शुभकामना आदानप्रदान कार्यक्रममा इसाई समाजका कोशी प्रदेश कोषाध्यक्ष पाष्टर संजिब कुलुङ राई र उर्लाबारी इसाई समाजका पाष्टर बिनोद धिमालले मानव जातिको मुक्तिदाता प्रभु येशु ख्रीष्टको जन्मदिन मनाउन र सुसमाचार सन्देशलाई अझ धेरे प्रचारप्रसार गर्न आवश्यक रहेको जोड दिए ।
कार्यक्रम संयोजक पाष्टर कुमार तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले गरेका थिए ।
कार्यक्रममा दमक नगर इसाई समाजको तर्फबाट स्वागत गीत र स्वागत नृत्य प्रस्तुत गरिएको थियो भने युवा बिभाग संयोजक एल्डर सुरज लिम्बूसहितको कलाकारहरुको टोलीले साँस्कृतिक तथा साँगीतिक प्रस्तुतिहरु दिएर मनोरञ्जन प्रदान गरेका थिए ।
बेर्शेवा चर्चको उद्घाटन
दमक–४ ताराबारी चौक दक्षिण उदय टोलका स्थानीय इसाई धर्मावालम्वीहरुको सेवाकाईमा रहेको बेर्शेबा चर्चको नवनिर्मित भवनको आज सोमबर उद्घाटन गरिएको छ ।
ख्रीष्टमसको बिशेष अवसर पारेर सोमबार नवनिर्मित बेर्शेबा चर्चमा फ्रन्टियर मिनिस्ट्रीज अध्यक्ष रेभरेण्ड अजमन अब्राहमले रिवन काटेर उद्घाटन गरे ।यसअघि, सो चर्च सोही स्थानमा सञ्चालन हुँदैं आइरहेको र सो भवनलाई अन्य प्रयोजनका लागि लगाइने भएपछि नयाँ भवन बनाइएको चर्चका पाष्टर डिकेन्द्र बस्नेतले बताए।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले सहभागिहरुलाई प्रोत्साहनका शब्दहरु राखेका थिए।
कार्यक्रममा बेर्शेबा चर्च नोपलका संयोजक पाष्टर अनिष अब्राहम, रन म्यूजिक नेपालका पाष्टर बिक्रम लिम्ब, दमक नगर इसाई समाजका पूर्व अध्यक्ष, अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई लगायतको उपस्थिति थियो ।
त्यस्तैं, सो कार्यक्रममा पाष्टर प्रकाश सुन्दासले नेतृत्व गरेको साँस्कृतिक तथा सांगीतिक समूहले आराधनासहित ख्रीष्टमस गीतहरु प्रस्तुत गरेर सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।