ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिर्तामोड, ६ पुस । ट्रकको ठक्करबाट झापाको बिर्तामोडमा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा, शिवसताक्षी -१० का ४० बर्षिय यामनाथ राय रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको बिर्तामोड १ स्थित सडकखण्डमा सोमबार राती मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मंगलवार बिहान मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर ३ का रोसन लिम्बुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.