रिटर्नी फेडेरेसन दमकको नयाँ नेतृत्व

दमक,६ पुस । रिटर्नी फेडेरेसन नेपाल दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार सम्पन्न अधिबेशनले ध्रुब संग्रौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेकोे छ ।
सर्वसम्मत निर्वाचित कमिटीकोे उपाध्यक्षमा लीलानाथ पोखरेल, सचिवमा समिर रिजाल, सहसचिवमा विनोेद ढकाल र कोेषाध्यक्षमा विष्णुमाया सापकोटा चयन भएका छन् ।
त्यस्तै, प्रत्येक वडाबाट प्रतिनिधित्व हुनेगरीका सदस्यहरुमा गोपाल घिमिरे, आशिष ढकाल, चिरञ्जिवी घिमिरे, नन्दलाल पाण्डे, देवी बास्तोला, शेखर अधिकारी, प्रेम तामाङ, त्रिलोचन बराल, डिल्लीराम अधिकारी, कृष्ण खतिवडा, कल्पना ढुंगाना, नीरु खतिवडा, सरोजराज धिमाल तथा खुला सदस्यहरुमा दुर्गाहाङ लिम्बू, खोमनाथ अर्याल, डम्बर धिताल, चन्द्रमणि न्यौपाने, नरेश लिम्बू, लक्ष्मीप्रसाद न्यौपाने र ओमप्रकाश बुढाथोकी चुनिएका छन् ।
अधिबेशन रिटर्नी फेडरेशनका केन्द्रीय कार्यबाहक महासचिव भरत शिवाकोटीको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्च रोमनाथ ओलीको विशिष्ट आतिथ्यतामा रहेको थियो ।  फेडरेशन हालसम्म ६३ जिल्लामा जिल्ला कमिटी र २ सय १५ बढी पालिकामा  कमिटी गठन भइसकेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.