इटहरीमा नेपाल जेसीजको महाधिवेशन शुरु, प्रम ओलीद्धारा उद्घाटन

इटहरी, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसीजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गरेका छन् ।युवावर्गको नेतृत्व र व्यक्तित्व विकास अभियान लगायत सामाजिक र मानवीय सेवामा क्रियाशील नेपाल जेसीजको तीन दिने राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओली नेपाल जेसीजको महाधिवेशको समुद्घाटन समारोहपछि आजै अपराह्न काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ भन्ने आस्था र मान्यतालाइ आत्मसात गर्दै अगाडि बढेको नेपाल जेसीजको तीन दिने ५१औं राष्ट्रिय महाधिवेशनमा देश भरका १७८ शाखाहरुबाट पर्यवेक्षक र प्रतिनिधिसहित पाँच हजारभन्दा बढी युवावर्गको जमघट रहेको महाधिवेशन निर्देशक दिपक ढकालले जानकारी दिए।

इटहरी जेसीजको आतिथ्यतामा प्रारम्भ भएको महाधिवेशनमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ । राष्ट्रिय महाधिवेशनमार्फत सन् २०२५ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुँदैछन् ।

अध्यक्षका लागि रश्मि शिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेशचन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना प्रतिस्पर्धामा छन् । नेतृत्व चयनको लागी सोमबार मतदान हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.