प्याव्सन झापाको जिल्लास्तरिय सांस्कृतिक कार्यक्रम सम्पन्न

दमक,५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) झापाले यसवर्ष पनि सम्मानसहित जिल्लास्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न गरेको छ ।दमकको पशुहाट खुल्ला मैदानमा भएको यहि पुस २ र ३ गते दुई दिवसीय सम्पन्न सो कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुरयाँउने एक दर्जन बढी व्यक्तित्वलाई सम्मान गर्नुका साथै प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम गरि मनाएको हो ।
प्याब्सन झापाका अध्यक्ष श्री गौरीमान फागोको अध्यक्षतामा भएको दुई दिवसीय सो कार्यक्रमको उद्घाटन संघीय सांसद एलपी साँवाको प्रमुख आतिथ्यता रहेको थियो भने समापन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर रहेकी थिइन् ।
प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक छत्र बहादुर कार्कीका अनुसार सांस्कृतिक प्रतियोगितामा प्याब्सन झापाको १४ वटा पालिकाबाट प्रथम स्थान हासलि गर्न सफल भएका गायन तथा नृत्य प्रतियोगिहरु सहभागी भएका थिए ।
उक्त कार्यक्रममा सम्मान, कदर तथा प्रशांसा पत्रद्धारा सम्मानित हुनेहरुमा न्यूटन्स् एजुकेशन एकाडेमीका संस्थापक प्रिन्सिपल तर्फ स्व. हरिकुमार प्रसाई मरणोप्रान्त सम्मान उनकी धर्मपत्नी धर्मा पराजुली प्रसाई , दमकको चुलाचुली अंग्रेजी विद्यालयका प्रिन्सीपल चन्द्रप्रकाश राई ,समाजसेवीतर्फ शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थोप्रा (रोशन) , शिक्षक तर्फ होमराज खतिवडा, पत्रकार तर्फ प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, नृत्य प्रशिक्षकतर्फ लोक संस्कृति, खोज अनुसन्धानकर्ता सुनिल थापा, र गीत संगीतको क्षेत्रमा योगदान पुरयाँवापत संगीत प्रशिक्षक विशाल राईलाई सम्मान गरिएको थियो ।
यसैगरि, एसईइ २०७९ मा उत्कृष्ट जिपिए ल्याउन सफल इमिनेन्ट कञ्चनजङ्गा गौरादहका विद्यार्थी धनवहादुर थापा, तथा एभरेष्ट अंग्रेजी विद्यालय दमकका विद्यार्थी विवेक थापालाई प्रशासा पत्र तथा नगद पुरस्कार द्धारा पुरस्कृत गरिएको थियो । साथै कार्यक्रम सम्पन्न गर्न सहयोग पुरयाँएवापत दमक ७ वडा कार्यालय, गौरीगञ्ज र दमक नगरपालिकालाई प्रशांसापत्रद्धारा सम्मान गरियो साथै प्याब्सन पालिका तथा जिल्लाको उक्त स्थानमा भएको कार्यक्रमको स्टेज लगायतका व्यवस्थापनमा सहयोग पु¥याउने ग्लोवल एजुकेशनल एकाडेमी दमकलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

जुनियर गायनमा निदी स्कूल प्रथम
१२ वर्षमुनीको जुनियर गायनतर्फ बिर्तामोडको निदि अंग्रेजी विद्यालय पहिलो बन्यो भने धरमपुर प्रज्ञा पाठशाला, शिवसताक्षी दोश्रो र कमलको विद्या सदन अंगे्रजी विद्यालय तेश्रो भएको थियो ।
सिनियर गायनतर्फ पारिजात पहिलो
यसैगरि सिनियर गायनतर्फ मेचीनगरको पारिजात स्कुल मेचीनगर पहिलो , अर्जुनधारास्थित प्रगति स्कूल दोश्रो , दमकको इन्पायर स्कुल तेश्रो भएको थियो । र यसैगरि, सिनियर गायन कक्षा ११ र १२ तर्फ कर्णाली एजुकेशन बुद्धशान्ति पहिलो , दमकको ग्लोबल एजुकेशनल दमक दोश्रो र कञ्चनङ्गा अंग्रेजी विद्यालय विर्तामोड तेश्रो भएको थियो ।
यसैगरि, कक्षा ५ सम्मको आधुनिक नृत्य तर्फ कन्काईको प्यारागन एकाडेमी, पहिला्े, दमकको सर्वोदय स्कूल दोश्रो र भद्रपुर्को हिमालय बोर्डिङ स्कुल र झापा नेशनल स्कुल मेचीनगर तेश्रो भएको थियो ।
यस्तै, कक्षा ८ सम्मको राष्ट्रिय नृत्य तर्फकन्काईकै प्यारागन एकाडेमी पहिलो, निहारीका स्कूल कमल दोश्रो र कर्णाली एजुकेशन बुद्धशान्ति र सनराइज मोडल दमक तृतीय भएको थियो ।
यसैगरि कक्षा ९ देखि १२ सम्मको सांस्कृतिक लोक नृत्य तर्फ कनकाईकै प्यारागन एकाडेमी पहिलो, प्रगति स्कुल अर्जुनधारा दोश्रो र तृतिय भने कर्णाली एजुकेशन बुद्धशान्ति पुरस्कृत भएको थियो ।
प्याब्सनका १४ वटा विद्यालयका ९१ विद्यालय सहभागी रहेका थिए भने करिव ७८० विद्यार्थीहरु वीच प्रतिस्र्पधा रहेको थियो ।

Leave a Reply

Your email address will not be published.