साहित्य कला सङ्गमको रचना वाचन,४५ औ श्रृङखला सम्पन्न

दमक,५ पुस । साहित्य कला सङ्गम दमकले नियमित रुपले गर्दै आएको सिर्जनशिल रचना वाचनको आज ४५ ओै श्रृङखला सम्पन्न गरेको छ । संस्थाको आफनै कार्यालयमा भएको रचना वाचन कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरु वाचन गरेका थिए ।
रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य कला सङ्गमका बरिष्ट उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शक,उपाध्यक्ष यादवप्रसाद अधिकारी ,कोषाध्यक्ष ओमप्रसाद खनाल, सदस्यहरु बिरेन्द्र खडका , अम्विकाप्रसाद सापकोटा,साहित्यकारहरु कमलप्रसाद भट्टराई,रामकुमार उपाध्याय,टंकप्रसाद पाठक,बिवेकदुलाल क्षेत्री, मदन शिवाकोटी ,पदम प्रसाद ओली ,त्रिलोचन रेग्मी, खड्गबहादुर खड्का लगायत रहेका थिए ।
साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता साहित्य कला सङ्गम दमकका बरिष्ठ उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शकले गरेका थिए भने कार्यक्रमको सञ्चालन सहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.