गौरीगञ्ज ,५ पुस । राजवंशी समाज विकास समितिको ३१ औ स्थापना दिवसका अवसर पारेर शुक्रवार गौरीगंजमा सञ्चालित एक दिने निशुल्क स्वास्थ्य शिविरमा दुई सय बढी लाभान्दित भएका छन् ।
शिविरमा निम्स नेशनल अस्पताल दमक र मेडिम्याक्स अस्पताल गौरादहको संयुक्त प्राविधिक सहयोगमा सञ्चालित शिविरमा गौरीगञ्जका स्थानीयले स्वास्थ्य सेवा पाएका छन् ।
गौरीगञ्ज ६ स्थित समाजको केन्द्रीय कार्यालय परिसरमा आयोजित शिविरमा महिला तथा स्त्री रोग, हाड जोर्नी तथा नसा , नाक, कान तथा घाटी रोग , दन्तसहित जनरल सर्जन लगायतका स्वास्थ्य सेवा लिएका अध्यक्ष अभय राजवंशीले बताए । शिविरमा एनएमएसआर मेची युनिटले निःशुल्कमा औषधी उपलब्ध गराएको थियो ।
जग्गादाता धनन्जय राजवंशीको प्रमुख आतिथ्यतामा भएको शिविरमा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, संविधान सभा सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष विश्वदिप लिङ्देन, नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ (क ) का सभापति जीवन राई, गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, निम्स अस्पतालका अध्यक्ष उमाकान्त आर्चाय, निम्स अस्पतालका सचिव रोशन विष्ट लगायत स्थानीय विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
राजवंशी समाज विकास समिति गौरीगञ्ज ६ नम्बर वडा समितिको सहआयोजनामा भएको थियो भने शिविर उद्घाटन कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव साजासाहेबले गरेका थिए भने स्वागत जिल्ला अध्यक्ष नौताली राजवंशीले गरेकी थिइन् ।