दमक,४ पुस । दमक- १ निवासी अग्रज लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी ) लाई आज यहाँ सम्मानित भएका छन् ।ख्रीष्टमसको अवसर पारेर दमक नगर इसाई समाजले शुभकामना आदानप्रदान कार्यक्रमका वीच ८७ बर्षिय जोशीलाई गीतसंगीतको क्षेत्रमा योगदान पुरयाँएवापत सम्मान गरेको हो । स्थानीय कस्मिक पार्टी प्यालेसमा भएको कार्यक्रममा उनलाई दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सम्मानपत्र,नगद प्रदान गरे ।
समाजका अध्यक्ष आकास थुलुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापा, दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरि, कार्यक्रममा सम्मानित व्यक्तित्व जोशीले आफना पूराना लोकगीतहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
सो कार्यक्रममा इसाई समाजमा आवद्ध संगीतकर्मीहरुले गीत,नृत्यहरु समेत प्रस्तुत गरेका समाजका सचिव अजय पाठकले जानकारी दिए । शुभकामना आदानप्रदानम कार्यक्रममा इसाई धर्मावलम्बीका अग्रज पास्टरहरु, अनुनायीहरुको उपस्थिति रहेको थियो ।समाजले बर्षेनी ख्रीष्टमसका अवसरमा आफना अनुनायीसंगै सामाजिक कार्यमा विभिन्न गतिविधिहरु गरिआएको छ ।