प्रहरी श्रीमती संघद्धारा दृष्ट्रिविहीन विद्यार्थीलाई कपडा प्रदान

दमक,४ पुस । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश समितिले दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।विद्यालयमा आज एक कार्यक्रमका गरि संघले विशेष कक्षामा अध्ययनरत १२ जना विद्यार्थीलाई जनही एक थान कम्वल, विद्यालय पोशाक लगायतका सहयोगी सामाग्रीहरु प्रदान गरेको हो ।
ती सहयोगी सामाग्रीहरु संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुवँर लगायतले वितरण गरिन् । संघकी प्रदेश अध्यक्ष अजिता देवकोटा बाँस्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा दमक नगरपालिकाकी प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोला, दमक ९ का वडाअध्यक्ष कुवेर भट्टराई, प्रहरी अधिकारीहरु ,विद्यालयका शिक्षक ,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।.

Leave a Reply

Your email address will not be published.