जनआस्था शाकोसको अध्यक्षमा आङदेम्बे

झिलझिले,५ पुस । झापाको शिबसताक्षी -८स्थित डुडांमारी बजारमा रहेको जनआस्था बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जयश्वोर आङदेम्बे चुनिएका छन् । संस्थाको हालै सम्पन्न १६ औ बार्षिक साधारण तथा छैठौ अधिबेशनले आङदेम्बेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ ।
सर्वसम्मत निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गोपाल कुँवर,सचिवमा गंगा प्रसाद ओझा, सहसचिवमा सिताकुमारी महेश्वर र कोषाध्यक्षमा कमल प्रसाद तामाङ चुनिएका छन् । यसैगरि, सदस्यहरुमा प्रेम रोक्का,बहादुरसिंह शेर्मा, गुमानसिहं ढुंगाना, रोमन लाम्गादे ,मनमाया आङदेम्बे र मिरा भण्डारी चुनिएका छन् ।
यसैगरि, साधारणसभाले सन्तोष खत्रीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यद्धयमा ईन्द्रकुमार खत्री र रिता कोइराला चुनिएका छन् ।
झापा ४ का प्रदेश सभा सदस्य राधाकृष्ण खनालको प्रमुख आथितथ्यतामा भएको साधारणसभामा शिवसताक्षीका निबर्तमान नगर प्रमुख चन्द्रकुमार शेर्मा,वडा अध्यक्ष सन्तकुमार फेउदिन लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.