
दमक ५, पुष । दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरको एक छाप्रामा आगलागी भएको छ । बेलडाँगी २ को हट नम्बर सी २ छाप्रा नम्बर २०२ का रोहित महतको छाप्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी हुदाँ छाप्रामा रहेका सबै सरसामान जलेर नष्ट भएको छ ।
सोमबार दिउँसो करिब ४ बजे घरमा कोही नभएको बेला अचानक आगो लागेको देखेपछि छिमेकीले दमकललाई खबर गरेका थिए ।
आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो। महतका २ छोरी र श्रीमती हाल अमेरिकामा रहेका छन् ।
त्यस्तै कचनकवल ५ पाठामारीका मेसर मियाँको बस्ने घर र भान्सा घर जलेर नष्ट भएको छ । आगलागीबाट काटेर राखेको २ बिगाह ५ कठ्ठाको अन्दाजी २ सय मन धान ,लत्ताकपडासहित तीन लाख पचास हजार मूल्यबराबरको क्षति भएको नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।