
पथरीशनिश्चरे,४ पुस । प्रेस चौतारी नेपाल मोरङ शाखाको ८ औं जिल्ला अधिवेशन आउने पुष २९ गते विराटनगरमा हुने भएको छ । हिजो शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले सुदिप कोइरालाको संयोजकत्वमा ३५ सदस्यीय आयोजक कमिटी गठन गर्दै अधिवेशन तयारीका साथ अघि बढाउने निर्णय गरेको हो । आयोजक कमिटीको सदस्यहरुमा नेत्र पी अधिकारी,बाबुराम भण्डारी,सन्तोष सिग्देल, दिनेश सुब्बा,चिना थापा,हरिहर नेपाल,ज्योति चौहान,शशांक पौडेल,सन्तो्ष राई,राजकुमारी तामाङ,खनिन्द्र राई (अर्जुन ), मनोज दाहाल,माधवप्रसाद खतिवडा, सुमन घिमिरे,मनोज महतो,कैलाश चापागाई,पुण्यपी अधिकारी,रामजना अधिकारी, नवराज भट्टराई, तिलक राई,सुरेश अधिकारी, किशोर विश्वकर्मा, दिपेन्द्र थापा, विद्यानन्द चौधरी, निशा दाहाल,भूमिप्रसाद पाठक र पुष्पराज थपलिया रहेका छन् ।
बैंठकमा प्रमुख अतिथि नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले प्रेस चौतारी मोरङको अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै जनताको पक्षमा कलम चलाउने संस्थाको रुपमा विकसित गर्दै लैजान सुझाए ।
बैठकमा चौतारीका केन्द्रीय सदस्य रामचन्द्र अधिकारी र अभिजाल विष्टले श्रमजीवि पत्रकारहरुको हकहितमा कार्यरत संस्था भनेकै प्रेस चौतारी रहेको भन्दै त्यसको गरिमा कायम राख्नेगरि अघि बढ्न सुझाव दिए । वैठकले संगठन सदस्यता नवीकरण तथा संगठन सुढृढीकरण अभियानलाई तिब्रता दिन जिल्लाका सबै पालिकाहरुमा संयोजक तोकेर जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले अधिवेशनमा जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि महेन्द्र बिष्टको संयोजकत्वमा डिल्ली पोखरेल, रामचन्द्र अधिकारी, सुदिप कोइराला र पुरस्कार संरक्षक परिवारका तर्फबाट गंगाधर मैनाली सम्मिलित छनौट समिति समेत गठन गरेको छ ।