सक्रिय पत्रकारितामा नरहने हुँमागाईको घोषणा

झापा, ४ पुस । नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुँमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति समेत रहेका पत्रकार हुँमागाईले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुँमागाईले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरे । उनले आज नेपाल पत्रकार महासंघ झापामा पत्रकार सम्मेलन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट समेत राजीनामा दिएका हुन् । राजीनामा पत्र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेका थिए ।

सञ्चार उद्यमीको रुपमा रहेर आफूद्वारा सम्पादितरप्रकाशित जय लोकतन्त्र साप्ताहिक पत्रिकालाई भने कर्मचारीमार्फत प्रकाशनमा निरन्तरता दिने बताए । २० बर्षको उमेर हुँदा देखिनै आफू २०४५ सालबाट पत्रकारिता पेशामा आबद्ध रहेको बताएका हुँमागाईले आफू ५३ बर्ष पूरा गरुन्जेल लगभग ३४ बर्ष सम्म झापामा रहेर सक्रिय पत्रकारिता गरेको बताए

यस अवधिमा नेपाल पत्रकार महासंघ झापाको सचिव,उपसभापति हुँदै सभापति भएका उनले २०६२र०६३ को लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिकाकै कारण पत्रकारिता र राजनीतिक वृत्तमा चर्चामा आएका थिए ।

२०६२र०६३ को जनआन्दोलनमा सक्रियता देखाएकै कारण उनी पटकपटक पक्राउ पर्नुका साथै निर्वासित जीवन विताउनु परेको थियो भने भारतीय प्रहरीले पक्राउ गरी जलपाइगुरीस्थित भक्तिनगर थानामा केहीदिन हिरासतमा राखेको थियो ।

नेपाल पत्रकार महासंघको अध्यक्ष रहँदा भद्रपुरस्थित महासंघको भवन निर्माण र बिर्तामोडमा जग्गा जोड्ने कार्यमा महत्वपूर्ण भूमिका पत्रकार हुँमागाईको रहेको थियो । सक्रिय राजनीतिमा रहेर पनि महासंघको संस्थागत विकास एवं प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो सदैव सहयोग रहने हुँमागाईले बताए । राष्ट्रियता, प्रजातन्त्र, समाजवादको पक्षमा २०४५ सालबाट मिसन पत्रकारिता थालेका हुँमागाई नेपाल प्रेस युनियन झापाको पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य पनि छन् ।

Leave a Reply

Your email address will not be published.