कर्णाली सहकारीको रजतवर्ष, २५-२५ जना जेष्ठ तथा बिद्यार्थीलाई सम्मान

दमक ,४ पुस । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कोशी प्रदेशकै तेस्रो ठुलो सहकारी कर्णाली वचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सवको शुभारम्भ गरेको छ ।बिर्तामोडमा बिहिबार एक कार्यक्रमको आयोजना गरि रजत जयन्ती महोत्सव शुरु रजत महोत्सवको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरिन् ।
रजत जयन्तीको लोगो सार्वजनिक गर्दै नगर प्रमुख प्रसाईंले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न स्थानीय तहले गर्नु पर्ने नीतिगत कामहरु भैरहेको बताईन् । पछिल्लो समय सहकारीमा आवद्ध सदस्यहरुको रकम दुरुपयोग र ठगी प्रकरणका घटना वाहिर आइरहेको भन्दै उनले यसको नियमनका लागि सदस्यहरु पनि चनाखो बन्नु पर्ने सुझाईन् । बंैक तथा बित्तिय संस्थाबाट कर्जा लिएर तिर्दिन भन्न नपाईने भन्दै उनले सदस्यले लिएको कर्जा पनि अन्य सदस्यको बचत रकमनै भएकाले कर्जा तिर्नै पर्ने उल्लेख गरिन् ।
सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले रजत महोत्सवको शुभारम्भका अवसरमा बर्षै भरि रचनात्मक कार्यहरु गरि रजत महोत्सव भव्य रुपले मनाउने जानकारी दिए ।
‘‘मेरो कर्णाली मेरो समृद्धिको आधार, जन्मे देखि मृत्यु सम्म कर्णाली’’ लाई सार्थक बनाउने अघि बढिरहेको बताउदै अध्यक्ष श्रेष्ठले कृषि उत्पादनलाई जोड दिदै सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहकारी प्रयत्नसील रहेको पनि दावी गरे ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल,झापा जिल्ला वचत संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्र ओली, कर्णाली सहकारीका सञ्चालक समिति लेखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
रजत महोत्सवको शुभारम्भमा सहकारीले २५ जना जेष्ठ नागरिक र २५ जना उत्कृष्ट बिद्यार्थीहरुलाई पनि सम्मान गरेको छ । ७० बर्ष भन्दा माथिका २५ जना ज्येष्ठ सदस्यलाई प्रति व्यक्ति नगद ३ हजार रुपैयाँ र सदस्य परिवारका तर्पmबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने २५ जना बिद्यार्थीहरुलाई प्रति व्यक्ति नगद ५ हजार रुपैयाँ सहित सम्मान प्रदान गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.