दमक ,४ पुस । झापाको दमकस्थित बसपार्कमा रहेको मिलन होटल एण्ड लजमा आज विहान एक जना पुरुष मृत भेटिएका छन् ।सिन्धुली जिल्ला ठेगाना भएका ३३ बर्षिय इन्द्र सुनुवार होटलको भुइँतलाको कोठामा मृत भेटिएका वडाअध्यक्ष टेकबहादुर थापाले बताए । मृतक सुनुवार दुई युवतीसंगै बसेका खुल्न आएको छ ।
यसैवीच प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न होटल सञ्चालिका मिना केसीसहित दुई युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमककले जनाएको छ ।
यसैगरि, मोटरसाइकल दुर्घटनामा परी मेचीनगरमा गएराति एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने ३४ वर्षीय दिवस प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।.
गएराति ९ः२० बजे मेचीनगर नगरपालिका वडा नं. ८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदैं गरेको मे ७ प १२३४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक प्रधान घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।