झापामा सडेगलेको अवस्थामा दम्पत्तीको शव फेला

झापा, ४ पुस । झापामा सडेगलेको अवस्थामा एक दम्पत्तीको शव फेला परेको छ । मेचिनगर नगरपालिका- १३ को चारआली जंगलस्थित असारी घारीमा सोमबार आज दिउँसो २ः४० बजेको समयमा उनिहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मृतकहरु अर्जुनधारा नगरपालिका- ११ का ५२ वर्षिय नेत्र कुमार ईङनाम र ४२ वर्षिया सन्जु लिम्बू रहेको मृतकको दाई खगेन्द्र ईङनाम लिम्बु सोही नगरपालिकाका वडा अध्यक्ष मार्फत पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक दुवै जना यहि मंसिर २१ गतेदेखि परिवारको सम्पर्कमा नरहेको र उनिहरु घरमा नबसी बाहिर काम गर्दै हिड्ने भन्ने बुझिएको छ । मृतक दुवैको शव सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि धरान घोपा पठाइएको प्रवक्ता पाठकले बताए।

Leave a Reply

Your email address will not be published.