पुस १० मा रेडक्रस कमलको उपशाखा सभा

दमक ,४ पुस । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको १० औ उपशाखा सभा आगामी पुस १० गते हुने भएको छ । उपशाखा सभा भव्य रुपमा सम्पन्न गर्न विभिन्न आधा दर्जन तयारी उपसमितिहरु समेत गठन गरिएको सभापति चन्द्र शाहले जानकारी दिए । उपशाखा सभाका अवसरमा रेडक्रसले गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने आजीवन सदस्य जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको छ ।
उपशाखा सभा कमल ५ मंगलवारेस्थित आफनै भवनको सभाहलमा सम्पन्न हुने जनाइएको छ । उपशाखा सभाको बन्दसत्रमा सभापति ,सचिव र कोषाध्यक्षको प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुने जनाईएको छ । सोहि सभाले रेडक्रस उपशाखाको नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन समिति र निर्वाचन मिति तय गरिने समेत उपशाखा सचिव पारषमणि राईले जनाएका छन् ।
यसैगरि, नेरेसो दमक उपशाखाको ३० औं उपशाखा सभा पुस ९ गते हुने भएको सभापति प्रकाश बुढाथोकीले बताए । उपशाखा सभा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी धमाधम भईरहेको उनले जनाए ।

Leave a Reply

Your email address will not be published.