दमक,४ पुस । दमकस्थित न्यू नव दुर्गा ज्वेलर्सका सञ्चालक सन्देश कालिकोटे र काजी राउतको सक्रियतामा २० जना विपन्न बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।
कालीकोटे र राउतले दाताहरुले प्रदान गरेको सहयोग सामग्री इलामको चुलाचुली -१ स्थित जनता माविका ति बिद्यार्थीलाई प्रदान गरेका हुन् । बिद्यार्थीहरुलाई न्यानो स्वीटर, टोपी, ट्राउजर र मोजा सेट प्रदान गरिएको राउतले जानकारी दिए । ति बिद्यार्थीलाई कूल १७ हजार रुपैयाँ बराबरको सहयोग सामग्री बिद्यालयमा नै पुगेर हस्तान्तरण गरिएको थियो ।
यसैगरि, मेचीनगर ३ स्थित बलभद्र आधारभूत विद्यालयकम संस्थापक अध्यक्ष डिल्लिराम कट्टेलको सम्झनामा नातिनि सृजना कटेलले आफुले १ बर्षमा पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकमले १०० जना बिध्यार्थिलाइ जाडोको न्यानो कपडा हस्तान्तरण गरेकी छन् ।