स्वास्थ्य शिविरमा २१० जना विरामीले गरे जाँच

पाडाजुंगी ,३ पुस । कमल गाउँपालिका वडा न . ५ ले विपन्न समुदायका लागि आज एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
दमकस्थित निम्स नेशनल हस्पिटलको प्राविधिक सहयोग तथा स्थानीय मंगलमय माध्यमिक विद्यालयमा भएको शिविरमा जेनेरल फिजिसयन,हाडजोर्नी, महिला रोग सम्बन्धीका विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराईएको थियो । शिविरबाट २१० जना बढी विरामी लाभान्वित भएका थिए । उनीहरुलाई औषधी तथा ल्याव परीक्षण समेत निशूल्क गरिएको थियो । शिविरमा कमल ५ र ६ नम्बर वडाका विपन्न विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । वितरण गरिएको औषधी सुनौलो फर्माका सञ्चालक बिबेक बजगाई,अधिकारी फर्माका दिवस खतिवडा ,व्लूक्रस कम्पनीका बजार प्रतिनिधि दिवस प्रधान र बिमल दाहालले संकलनमा सहयोग पुरयाँएका थिए ।
सोहि अवसरमा वडाले उद्यमी महिलाबाट १५ जना र ८० बर्ष माथिका १४६ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको वडा सचिव रिता कार्कीले बताईन् ।
वडाध्यक्ष डम्बरबहादुर निरौलाको अध्यक्षता तथा गाउँँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी ,अस्पतालका अध्यक्ष बलभद्र कोइराला, समाजसेवी पूर्णानन्द शर्मा, वडा सदस्यहरु, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, वडाले स्वास्थ्य शिविर सम्पन्न गर्न प्राविधिक सहयोग पुरयाँउने अस्पताललाई प्रंशसा पत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.