हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, ३ पुस । जंगली हात्तीको आक्रमणबाट झापामा आज बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मागी खाएर हिड्दै आएका ती मृतक पुरुषको सनाखत हुन सकेको छैन् । प्रहरीका अनुसार अन्दाजी ५५ वर्ष जति देखिने ती व्यक्ति भारतीय नागरिक हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्ती आक्रमणवाट मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.