डिएसपी जवेगु ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

धरान, ३ पुस । इलाका प्रहरी कार्यालय धरानमा प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश जबेगु मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमङ्सिर महिनामा भएको कार्यसम्पादनको उच्च मूल्याङ्कन गदै २०८१ साल मङ्सिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषण गरिएको उल्लेख छ ।
प्रनाउ जबेगुले धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाइएको दुईवटा गाडीमा लागुऔषध गाँजा सहित मङ्सिर १८ गते धरान–१३ अमरहाटमा पक्राउ गरेका थिए ।
चेकजाँच गर्न रोक्दा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले तीव्र गतिमा सवारी चलाएको हुँदा ४ राउन्ड गोली फायर समेत गरी उक्त गाडीलाई नियन्त्रणमा लिएर दुवै गाडीबाट कुल ६९० केजी गाँजा र चालकलाई पक्राउ गर्न सफल भएका थिए ।
यसैगरि, अदालतद्वारा दण्ड सजायको फैसला भएका विभिन्न मुद्दाका ११ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेका थिए । भन्सार छलेर चोरी पैठारी गरिएको १७ लाख ३२ हजार ४३० रुपैयाँ मूल्यका सामानहरू पक्राउ गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.